मतदाता नामावली दर्ता गर्नेको भिड

राम केसी\फोटो सहितको मतदाता नामावली संकलन गर्ने सिलसिलामा नाम गर्नेको भिड लागेको छ ।
साउन एक गते देखि नाम गर्न सुरु भएकोमा हाल सम्म महिला एक हजार २४५ र पुरुष एक हजार ७४७ सहित दुइ हजार ९९२ पुगेको जिल्ला निर्बाचन कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

जिल्ला निर्बाचन कार्यालयका साथै साउन १६ गते देखि नगरपालिका र गाँउपालिकामा समेत जिल्ला निर्बाचन कार्यालयले प्रतिनिधि खटाइ मतदाता नामावली संकलन गर्न थालिएको छ । नगरपालिका र गाँउपालिकामा साउन ३२ गते सम्म जारी रहने र जिल्ला निर्बाचन कार्यालयमा भने अर्को निर्बाचन घोषणा भइ निर्बाचनको अघिल्लो दिन सम्म नाम दर्ता गर्ने काम जारी रहने जिल्ला निर्बाचन अधिकृत बिजय कुमार कार्कीले बताउनु भयो ।
सम्बन्धित नगरपालिका र गाँउपालिकामा नाम दर्ता गर्ने ब्यबस्था मिलाइएपनि सजिलोका साथै अन्य काम पनि लिएर आउने हुँदा जिल्ला जिल्ला निर्बाचन कार्यालयमा भिड लाग्ने गरेको हो । नाम दर्ता गर्न दूधे बच्चा बोकेर आउने महिलाका साथै बृध्दबृध्दा समेतको उल्लेख्य भिड लाग्ने गरेको छ । दैनिक जसो डेढ सय भन्दा माथिको संख्या रहेको जिल्ला निर्बाचन अधिकृत कार्कीले बताउनु भयो । नाम दर्ता गर्न नागरिकता आबश्यक पर्ने हुँदा नागरिकताको प्रमाण पत्र लिनेको पनि भिड लाग्ने गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

,