वडा नं. १० मा रामकुमार

नेकपा (माओवादी केन्द्र)का जिल्ला सह इन्चार्ज झम्क  पराजुली (हिमाल)को प्रमुख आतिथ्यतामा सम्पन्न वडा सम्मेलनबाट रामकुमार खतिवडाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन गरिएको बताइएको छ ।
नेकपा (माओवादी) केन्द्र चौतारा साँगाचोक गढी नगरपालिका अन्तर्गत वडा नं. १० को प्रथम सम्मेलनमा उक्त कमिटिठ गठन गरिएको हो ।
कमिटिको उपाध्यक्षमा पुरुषोत्तम कार्की र कमल केसी, सचिवमा अस्मिता विक, कोषाध्यक्षमा श्याम तामाङ र सहसचिव दिपक माझी रहेको अध्यक्ष खतिवडाले बताउनुभयो । सम्मेलनबाट विभिन्न जनवर्गिय समिति समेत गठन गरेको छ । सल्लाहकार समिति अध्यक्षमा साजन तामाङ, अखिल नेपाल किसान महासंघ अध्यक्षमा मिष्टर पाठक, दलित मुक्ति मोर्चामा लिला हिङमाङ तामाङ, मुक्ति मोर्चामा पूर्णबहादुर तामाङ, महिला संघमा पार्वती ठकुरी, माझी मुक्ति मोर्चामा सिता माझीको अध्यक्षतामा समिति गठन गरिएको छ ।
सम्मेलनका क्रममा राप्रपाका स्थानीय नेता पारे तामाङको नेतृत्वमा ९ जना र एमालेका युवा कार्यकर्ता दिपक माझीको नेतृत्वमा १० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सम्मेलनमा माओवादी केन्द्रका युवा नेता सुवोध, सरल, भुषण लगायतको उपस्थिति रहेको थियो ।


,