मेलम्ची प्रभावितलाई ४० लाख अनुदान

अब मेलम्ची प्रभावित क्षेत्रका गाउँहरु विस्तृत वातावरणिय प्रभाव मूल्याङ्कनमा पर्ने भएका छन् ।
इन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष विश्वमणी आचार्य लगायत जिल्लाका पदाधिकारीहरुको विषेश सक्रियतामा उक्त मूल्याङ्कनमा पर्न लागेको हो । साविक ३ नं. क्षेत्रका १० गाविस र २ नं. क्षेत्रका बाँडेगाउँदेखि साँगाचोकको बन्देउसम्म   इन्द्रावती खोला किरानाका ६ गाउँ विकास समितिहरु समेतको साविक १६ गाउँ विकास समितिहरु विस्तृत वातावरणीय प्रभाव मूल्याङ्कनमा (हाल) पर्ने भएको हो ।  

हालसम्म नेपाल सरकारले दिँदै आएको सामाजिक विकास अनुदानमा मेलम्ची दोस्रो याङी लार्के खोलाको पानी काठमाडौं पथान्तरण गर्दा हुने वातावरण प्रभावको मूल्याङ्कन गरी नेपाल सरकारले हाल दिइरहेको अनुदानमा अब पहिलो चरणमा एसियाली विकास बैंकको अनुदानबाट कार्य सम्पन्न भएपछि रोयल्टीको रुपमा नेपाल सरकारले स्थायी रुपले अनुदान दिने व्यवस्था गर्ने भएको छ ।
हालसम्म प्रति साविक गाविस सामाजिक विकासको लागि रु २५ लाख अनुदान वितरण गर्दै आएको इन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रमले विभिन्न चरणमा गरेको संघर्षको कारण उक्त स्थाई अनुदान पाउने गरी वातावरणीय मूल्याङ्कनमा (भ्क्ष्ब्) परेको हो ।
अब यो कार्यक्रम लागू भएपछि आगामी २०७४÷०७५ बाट साविक प्रति गाविस रु २५ लाखबाट बढाएर ४० लाख रुपैंया स्थायी रुपले अनुदान पाउने भएका छन् । यसरी पाउने अनुदान रकमबाट शिक्षा, सञ्चार र स्वास्थ्य एवम् खानेपानी लगायत जीवीकोपार्जन कार्यक्रमलाई समावेश गरी कार्यक्रम गरिने इन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रमका जिल्ला अध्यक्ष विश्वमणी आचार्यले बताउनुभयो ।          

,