निरन्तर सहकारीमा नयाँ कार्यसमिति

जिल्लामा सक्रिय बन्दै आएको निरन्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नया कार्यसमिति चयन गरिएको छ । पुरानो कार्यसमितिका अध्यक्ष रहेको व्यवसायी बच्चु तिमल्सिनाले नवनिर्वाचित अध्यक्ष दिपकविक्रम थापालाई नया कार्यसमिति हस्तान्तरण गरेका हुन् ।
निरन्तर सहकारी संस्थामा अध्यक्ष दिपकविक्रम थापा,सचिव केदार तिमल्सिना र उपाध्यक्ष सुरेन्द्र तिवारी लगायतको सात जनाको कार्यसमितिको टोलीले निर्विरोध चयन भएको थियो । निरन्तर सहकारीले शेयर लगानी गरिरहेकाहरुलाई ल्याएर साधारण सभा सम्पन्न गरेको छ ।

‘नयाँ कार्यसमितिले निरन्तरले जिल्लाको सहकारी इतिहासमा नाम जमाउने आस गरिएको छ ,’ सहकारी संस्थामा लामो समय आबद्ध र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सचिव रहेका शम्भुबहादुर तिमल्सिनाले भने,‘ बाह्रबिसे नगरपालिकामा रहेका दर्जन्ँँै सहकारीमा कतिको कार्यसमितिले नाम राख्न सछ ।’
जिल्लामा उत्कृष्ट रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सो सहकारीका उपाध्यक्ष सुरेन्द्र तिवारी प्रबन्धक हुन् । लामो समय खटेकाले नया कार्यसमितिले प्रभावकारी कार्यमा गति लिइरहेको उनको भनाइ छ ।

,