एमालेद्धारा जनप्रतिनिधिहरुलाई प्रशिक्षण

नेकपा एमाले जिल्ला कार्यसमिति, सिन्धुपाल्चोकले जनप्रतिनीधिहरुलाई विषयगत प्रशिक्षणको आयोजना गरेको थियो । एमालेवाट विजय वनेका जनप्रतिनीधिहरुलाई स्थानीय तहमा काम गर्न सहज होस् भनेर प्रशिक्षणको आयोजना गरेको हो ।
शुक्रबार र शनिबार एमालेको जिल्ला पार्टी कार्यालय चौतारामा भएको सो कार्यक्रममा विषय विज्ञ पार्टीका केन्द्रीय नेताहरुले प्रशिक्षण दिएका थिए । पुर्व अर्थमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले स्थानीय तहको अर्थ व्यवस्थापनको विषयका प्रशिक्षण दिनुभएको थियो ।
उहाँले जनप्रतिनीधिहरुलाई अर्थको स्रोत र परिचालनको विषयमा पनि प्रष्ट पार्नुभएको थियो । त्यसै गरी सो पार्टीका केन्द्रीय कानुन विभागका सदस्य तथा वरिष्ठ कानुन विद् टीकाराम भट्टराईले स्थानीय तहमा कानुनको व्यवस्था बारे प्रशिक्षण दिनुभएको थियो ।
सो कार्यक्रममा जिल्ला विकास समिति महासंघका अधयक्ष तथा एमाले नेता कृष्ण प्रसाद सापकोटाले राज्य पुनः संरचना,स्थानीय शासन विधेयक, योजना र वजेटको विषयमा प्रशिक्षण दिनुभएको एमालेका जिल्ला पार्टी प्रवक्ता यज्ञ सापकोटाले जानकारी दिनुभयो ।
उहाँले स्थानीय तहमा काम गर्ने तरिका र जनप्रतिनीधिहरुको भूमिका वारेका पनि वृहत छलफल भएको बताउनुभयो । सुरुमा काम गर्न असहज हुने हुँदा पार्टीले यस्तो महत्वपुर्ण प्रशिक्षणको आयोजना गरेकोमा प्रशिक्षणमा सहभागीहरुले खुशी व्यक्त गर्नुभयोे ।
कार्यक्रम जननिर्वाचितहरु लगायत सिन्धुपाल्चोक जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित भएका प्रमुख पदका कृष्णगोपाल तामाङ र उपप्रमुख वालकुमारी सापकोटालाई सम्मान गरिएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा माननीय सांसद शेरबहादुर तामाङ लगायत जिल्ला कमिटिका नेताहरु पूर्व सांसद सुभाष कर्मचार्य, कृष्णराज श्रेष्ठ, पूर्व जिविस उपसभापति सरेश नेपाल  लगायत निर्वाचित पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रम नेकपा एमालेका जिल्ला पार्टी अध्यक्ष झम्क नेपालको सभापत्विमा सम्पन्न भएको थियो ।
जिल्ला समन्वय समितिमा सपथ आजै
सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको निर्वाचनको अन्तिम मिति आज नेकपा एमालेको तर्फबाट जिल्ला समन्वय समितिमा उम्मेद्वारी दिनुहुने पदाधिकारीहरुलाई आजै ११ बजे सपथ ग्रहण गराउनुका साथै १ बजे पदभार ग्रहण गराउने कार्यक्रम रहेको छ ।
जिल्ला समन्वय समितिमा नेकपा एमालेको मात्रै एकल उम्मेद्वार परेकोले निर्वाचन गराइरहन नपर्ने भएको हुँदा आजै निर्विरोध निर्वाचित घोषणा भएका जिल्ला समन्वय समितिका प्रमुख गोपाल तामाङ, उपप्रमुख बालकुमारी सापकोटा, सदस्यहरुमा पदमबहादुर सिलवाल, देशबहादुर तामाङ, चन्द्रबहादुर थामी, सकुन्तला माझी, धनबहादुर तामाङ, विमला भण्डारी, सुनिता परियारले सपथ ग्रहण गर्नुका साथै परभार लिने कार्यक्रम रहेको छ ।
जिल्लाको १२ तहको प्रमुख र उपप्रमुख २४ पद मध्ये १४ पद नेकपा एमालेको रहेको र १०३ वटा वडाहरुमा ४४ वटा वडा एमालेको पक्षमा रहेकोले निर्वाचन हुँदा पनि एमालेकै बहुमत देखिने भएको हुँदा जिल्ला समन्वय समितिमा एमालेको मात्रै उम्मेद्वारी परेको हो ।
आजै हुने सपथ ग्रहण तथा पदभार कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा नयाँ स्थानीय विकास अधिकारी पनि सहभागि हुनुहुने भएको छ ।
कृष्णबहादुर शाही सरुवा भएर मन्त्रालयमा पदभार ग्रहण गर्न जानुभएपछि नयाँ स्थानीय विकास अधिकारी जगनाथ पन्थले आजदेखि सिन्धुपाल्चोकको स्थानीय विकास अधिकारीको पदभार समेत सम्हाल्नुहुने भएको छ ।