कृष्ण रत्नगंगाको अध्यापन अस्थायी टहरामा

चौतारा साँगाचोकगढी नगरपालिकामा अवस्थित रहेको श्री कृष्ण रत्नगंगा माविले विगत ७० वर्ष अगाडिदेखि विभिन्न विषयमा अध्यापन गराउँदै आएका छन् ।
त्यस विद्यालयले आजदेखि अस्थायी टहरा बनाएर चौताराको गैरीगाउँमा बाह्र रोपनी जग्गामा ४५ वटा कोठाहरु बनाएर अध्यापन सुरु गर्ने भएको छ ।
२००४ सालमा स्थापना भएको यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । २०७२ मा गएको महाभूकम्पको कारण विद्यालय पूर्ण रुपमा क्षति भएपछि पुरानो नमूना विद्यालयको रुपमा एडीवी निर्माणको निम्ति हाललाई गैरी गाउँमा अस्थायी टहरा बनाई पठनपाठन सुरु गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भूपू शिक्षक इश्वरीप्रसाद श्रेष्ठले बताउनुभयो ।
त्यस विद्यालयमा शिशुदेखि +२ सम्म १३ सय जना विद्यार्थीले अध्ययन गर्दै आएको छ । ४२ जना शिक्षकशिक्षिकाले विभिन्न विषयमा पढाईरहेको समेत श्रेष्ठले बताउनुभएको छ ।
उहाँले ४५ वटा कोठा रहेको सो विद्यालयमा ३२ वटा कोठा अध्ययनकै रुपमा प्रयोग गरिने बताउनुभयो ।
अस्थायी टहरा बनाउनको लागि रेडक्रस र विभिन्न संघसंस्थाले सहयोग गर्दै आएको श्रेष्ठले जानकारी गराउनुभयो । लगभग १२ रोपनी जग्गामा बनाएको अस्थायी विद्यालयले एक रोपनी वापत ३५ सय महिना भाडा तिर्दै गरेको बताउनुभयो ।
यस विद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा अध्यापन गराउँदै आइरहेको छ ।
त्यसै विद्यालयका पूर्व शिक्षक समेत रहनुभएका श्रेष्ठ शिक्षाविद्का रुपमा विद्यालयले लिने रहेको छन् । उहाँले उक्त विद्यालय संरक्षण तथा सिकाई उपलब्धीका लागि विभिन्न कार्यक्रम गरी अगाडि बढाउने समेत प्रतिवद्धता शैक्षिक गुणस्तरको निम्ति आफू लगायत विद्यालयले विभिन्न कार्यक्रम समेत गरिरहनुभएको बताउनुभयो ।
उहाँले नयाँ भन नबनुन्जेल अस्थायी टहरामै पढाईलाई निरन्तरता दिने बताउनुभयो ।


,