जिल्ला विकासको लागि सँधै लागिपर्ने


जिल्लाको समग्र विकासको अनुगमन गर्नुको साथै जिल्लालाई स्वच्छताको साथ जिल्ला विकासको लागि आफूहरु सँधै लागि पर्ने नवनिर्वाचित समन्वय समितिका पदाधिकारीहरुले बताएका छन् ।
जिल्ला समन्वय समितिको कार्यभार सम्हालेका समन्वय समितिका प्रमुख गोपाल तामाङले जिल्लालाई नमूना जिल्ला बनाउन लागि पर्ने बताउनुभयो । तामाङले जिल्लाका कुनाकाप्चामा रहेका गाउँ विकास बस्ती विकासमा आफ्नो प्राथामिकता रहने समेत बताउनु भएको छ ।
उहाँले जिल्ला समन्वय समितिको कार्यभार सम्हाल्दै नेपालको संविधान २०७२ ले जिल्ला समन्वय समितिलाई प्रदान गरेको मुख्य कार्यक्रमहरुमा गाउँपालिका र नगरपालिकाहरु बिच समन्वय र विकास निर्माणको कार्यहरुको अनुगमन गर्ने भन्ने उल्लेख भए बमोजिम अनुगमन तथा समन्वय सम्बन्धि योजनाबद्ध कार्यतालिका बनाई दिइएको जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्न आवश्यकदेखि निर्णयार्थ पेश गरिएको टिप्पणीलाई अनुमोदन गर्दै कार्य शुभारम्भ गर्नुभएको थियो ।
यसै बिच उपप्रमुख बालकुमारी सापकोटाले सिन्धुपाल्चोकमा महिलाहरु अरु जिल्लामा भन्दा पछाडी परेको आफूले महशुस गरेको हुँदा महिलाको विकासको लागि प्राथामिकता राख्दै जिल्लाको विकासको लागि आफूले सबैलाई समान नीति बनाउने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गोपाल तामाङ, उपप्रमुख बालकुमारी सापकोटा, सदस्यहरुमा पदमबहादुर सिलवाल, देशबहादुर तामाङ, चन्द्रबहादुर थामी, सकुन्तला माझी, धनबहादुर तामाङ, विमला भण्डारी, सुनिता परियारले सपथ ग्रहण गर्नुका साथै परभार ग्रहण गर्नुभएको थियो ।
संजोगले हिजै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नगर प्रमुख, उपप्रमुख, सदस्यहरु पदभार सम्हाल्दै नयाँ स्थानीय विकास अधिकारीले पनि पदभार ग्रहण गर्नुभएको  छ । गुल्मी घर भएका जग्गनाथ पन्थ हिजोदेखि सिन्धुपाल्चोक जिल्लाको स्थानीय विकास अधिकारीको जिम्मेवारी सम्हाल्नु भएको हो ।
पदभार गर्नु अगाडी जिल्ला अदालतमा सपथ ग्रहण कार्यक्रम भएको थियो । प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको विशेष आतिथ्यतामा भएको उक्त सपथ कार्यक्रममा प्रमुख र उपप्रमुख लाई जिल्ला न्यायधिस माननीय राजेशकुमार काफ्लेद्वारा सपथ ग्रहण गराउनुभएको थियो भने अन्य सदस्यहरुलाई जिल्ला समन्वय समितिका प्रमुख गोपाल तामाङले सपथ खुवाउनुभएको थियो । नवनिर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै जिल्ला न्यायधिश काफ्लेले जिल्ला समन्वय समितिलाई सहि र कानुनी दिशामा अगाडि बढाउँदै आगामी दिनहरुमा मन्त्री स्तरीय अहोदामा समेत पुग्न सफल रहोस् भनी कामना गर्नुभयो ।













,