हराएका युवक भेटिएनन्

त्रिपुरासुन्दरी गाउँपालिका तौथलीका रामबहादुर श्रेष्ठ हप्तादिनदेखि हराइरहेका छन् । १८ वर्षका श्रेष्ठ  २०७४ भदौ १५ गते घरबाट बजार घुम्नको लागि बाहिर निस्केका थिए ।
घर नफर्किएपछि तौथली गाउूभर खोज्दा श्रेष्ठ फेला नपरेपछि जाताततै खोजी गरिरहेको बुबा भक्तबहादुर श्रेष्ठले  बताए । बलेफी गाउँपालिका माखा लामोसूाघुसम्म का स्थानीयले भेटेको पाइएपछि खोजी तिव्र बनाएको उनले जनाए । पाँच फिट चार इन्च अग्लो गहुँगोरो वर्ण भएका श्रेष्ठले कालो टिर्सट,खैरो ट्राउजर र तुने चप्पल लगाएका श्रेष्ठको देब्रे खुट्टाको कान्छी औलो छैन् ।
करेन्ट लागेपछि लामो समय बिरामी भएका श्रेष्ठ ठिक भएलगत्तै तौथली गाउँ  आएका थिए । ‘बाह्रबिसे देखि राजधानीसम्मका प्रहरीमा सुचना दिएर खोजीरहेका छौ,’ बाबु भक्तबहादुरले भने,‘ हप्तादिन भइसक्दा पनि अझै फेला पार्न सकेका छैनौ ।’
उनले श्रेष्ठलाई फेला पारेमा ९८४९७४२८४५ र ९८५१०१९४८६ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् ।