छिटो निर्माण कार्य सक्न मेलम्चीका पदाधिकारीलाई निर्देशन

नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्चीको खानेपानी छिटो भन्दा छिटो सम्पन्न गरी काठमाडाँैमा लैजाने व्यवस्था मिलाउन सरोकारवालाहरुलाई निर्देशन दिनुभएको छ ।
मेलम्ची खानेपानी सुरुङको विषयलाई लिएर तालाबन्दी भएको समाचार बाहिर आईरहँलदा प्रधानमन्त्री उक्त आयोजनाको अवलम्बन गर्न हिजो सिन्धुपाल्चोकको मेलम्चीमा आउनुभएको हो ।

खानेपानी परियोजनाका पदाधिकारीलाई आयोजना निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आयोजनाको स्थलगत निरीक्षणका क्रममा बुधबार प्रधानमन्त्री देउवाले निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाले खानेपानी परियोजनाका पदाधिकारीहरुलाई निर्धारित समयमा नै योजना सम्पन्न गर्न सरकारबाट के कस्तो सहयोग चाहिने हो, त्यो सहयोग गर्न सरकार तयार रहेको बताउँदै आयोजना तोकिएकै समयमा पूरा गर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यका नेपालको राजधानी मात्र नभई धेरै किसिमले महत्वपूर्ण ठाउँ भएकाले र काठमाडौँमा शुद्ध खानेपानीको शुद्ध खानेपानीको अति आवश्यक रहेकोले काठमाडौँवासीले छिटोभन्दा छिटो शुद्ध खानेपानी पाउनुपर्नेमा आफ्नो मान्यता रहेकोले यो कार्यक्रमलाई तव्रि रुपले अगाडी बढाई कार्य सफल गर्न समेत निर्देशन दिनुभयो ।
साढे २७ किमी सुरुङ सहितको मेलम्ची खानेपानी परियोजना आगामी पुस महिनाभित्र निर्माण सम्पन्न हुने गरी द्रुत गतिमा काम भइरहेको योजना प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिनुभयो । साढे २३ अर्ब लागत भएको उक्त परियोजनामा २२ अर्ब ३४ करोड खर्च भइसकेको र आयोजना निर्माण सन् २०१८ मार्चसम्ममा सम्पन्न गरिसक्नुपर्नेसमेत देवकोटाले जानकारी गराउनु भएको थियो ।
सो अवसरमा सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुबासीहरुबाट पनि यो आयोजना छिटो सम्पन्न गर्न विभिन्न प्रक्रियाबाट सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि सहयोग पु¥याउनेमा सिन्धुबासीको दुईमत नरहेको र राजधानीबासीलाई छिटो भन्दा छिटो शुद्ध खानेपानी उपलब्ध गराउन आफूहरु लागि परेको बताउनुभयो ।
उक्त कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव, सचिव भिमप्रसाद उपाध्याय लगायत प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल तथा जिल्लाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

,