लागूपदार्थ नियन्त्रण सम्बन्धी अन्तरक्रिया

चौतारा साँगाचोकगढी नपा वडा नं. १३ मा हिजो एक कार्यक्रमको आयोजना गरी पसल व्यवस्थापन, लागूपदार्थ नियन्त्रण (जाँडरक्सी लगायत) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
श्री अगुवा सामाजिक विकास संस्था ठूलोसिरुवारीको सहजिकरण र समन्वयमा १३ नम्बर वडा कार्यालयको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । अगुवा सामाजिक विकास संस्था ठूलोसिरुवारीका अध्यक्ष होमनाथ चौलागाईको विषेश सक्रियतामा उक्त कार्यक्रम सम्पन्न गरिएको सहभागिहरुले बताएका छन् ।

हिजो भएको अन्तरक्रिया कार्यक्रमले  घरेलु मदिरा नियन्त्रण गर्ने निर्णय गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै एक महिलाले आफ्नो श्रीमान्लाई रक्सी विक्री नगरिदिन आग्रह गर्छु । पति पछि पसलेहरुले तेरो श्रीमतीले रक्सी नदिनु भनेको छ । मैले दिएको नभन्नु भनि रक्सी खुवाएर झगडा गराउने भएकोले पसलेहरुप्रति आक्रोश पोखेको थिइन् ।

यसैबीच साँगाचोक प्रहरी चौकीले हिजो   स्थानीय भद्र भलाद्मी समाजसेवीहरुको रोहबरमा विभिन्न स्थानबाट पक्राउ गरिएको १८० लिटर घरेलु अवैध मदिरा नष्ट गरेको छ ।
प्रनानी कृष्णप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले विभिन्न स्थानमा अवैध रुपमा खुलमखुल्ला विक्री वितरणमा राखिएको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो । यो अभियानसँगै उक्त क्षेत्रमा साँझ विहान घरेलु मदिरा सेवन गरेर होहल्ला गर्ने काममा समेत कमि भएको स्थानीयले बताएका छन् ।