जिल्लाको विकासमा सबै एक हुुनुपर्ने

सिन्धुपाल्चोक जिल्लाको लागि टेलिफोन सहज र सरलताका लागि आफू र नेपाल सरकारले गर्नुपर्ने कुनै पनि कुराको बाँकी नराखी सबैलाई टेलिफोनको सुविधा पु¥याउन लागिपर्ने सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता माननीय मोहनबहादुर बस्नेतले बताउनुभयो ।


बस्नेतले हिजो सिन्धुपाल्चोकको जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै बस्नेतले यस्तो बताउनुभएको हो ।
जिल्ला प्रशासन कार्यालयलाई सुव्यवस्थित गर्न जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै प्राकृतिक प्रकोपले जिल्लालाई सधैं समस्या पारेर स्थानीयलाई नियमित बसोबास तथा दैनिकी सञ्चालनमा समस्या परिरहेको उल्लेख गर्दै जिल्लाका सबै कार्यालय प्रमुख तथा कर्मचारीहरुले उक्त प्राकृतिक प्रकोपको लागि जुध्न र प्रकोपबाट पीडित भएकालाई तत्काल उद्दारमा लाग्न निर्देशन दिनुभयो । जिल्लाबाट हुने सेवाहरु जनतालाई छिटो र सरल तरिकाले उपलब्ध गराउन निर्देशन दिँदै मन्त्री बस्नेतले जिल्लाबाट हुन नसकेका काम तत्काल मन्त्रालयमा लेखी पठाउन पनि अनुरोध गर्नुभयो ।
उहाँले आफू रहेको मन्त्रालय बाहेकका अरु मन्त्रालयबाट हुने काम पनि छिटो र सरल तरिकाबाट सम्पन्न गर्नको लागि आफूले पहल गर्ने बताउनुभयो ।
सोही अवसरमा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जिल्लाको वस्तुस्थितिबारे माननीय मन्त्रीज्यूलाई सबै थाहा भएको बताउनुहुँदै विषेश गरी बलेफी, जुरे र लार्चाको पहिरोले बढी समस्या  उत्पन्न गरेको बताउनुभयो ।
हिजै नेपाली कांग्रेस क्षेत्र नं. २ ले पनि माननीय सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाई स्वागत कार्यक्रम गरेको थियो । चौतारा क्याम्पसमा भएको स्वागत कार्यक्रममा बोल्दै बस्नेतले समुन्द्रमा धेरै थोपाहरु हुन्छन् एउटा थोपा जाँदा १ सय थोपा थपिन्छ भन्नुहुँदै जिल्लामा नेपाली कांग्रेस भएको तर नेताहरुकै कारण कांग्रेस कमजोर देखिएको आफूले महसुस गरेको बताउनुहुँदै नेपाली कांग्रेसका केही कार्यकर्ताले पार्टीमा बार्गेनिङ गरिरहेको बताउँदै त्यस्ता बार्गेनिङ गर्नेहरुसँग कांग्रेस सचेत रहनुपर्ने बताउनुभयो । उहाँले साँच्चिकै नेता बन्न कार्यकर्ताहरुसँग हुनुपर्ने, काठमाडौंमा बसेर जिल्लाको नेता नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा इन्द्रावती गाउँपालिकाको प्रमुख वंशलाल तामाङले नेपाली कांग्रेसका कार्यकर्ताहरुले जय नेपालको नारा बिर्सिएर हिँड्दा कांग्रेसको विकास नहुने भएकोले पहिले कांग्रेसको सिद्धान्त अनुसार अगाडि बढ्दै जाने अनि मात्र जनतामा गएर निर्वाचित हुनुपर्ने परिपाटीको विकास गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस एउटा ऐतिहासिक पार्टी भएकोेले यसको इतिहास पनि लामो रहेको बताउँदै पार्टीको नामबाट निर्वाचित पदाधिकारीहरुले पार्टीका कार्यकर्तालाई बिर्सिन नहुने समेत उहाँले बताउनुभयो ।
महाधिवेशन प्रतिनिधि श्री लामाले नेपाली कांग्रेस मात्रै देशको विकासमा चासो देशको विकासमा चासो देखाउने पार्टी भएको र यस पार्टीमा धेरै बोल्ने भन्दा काम गर्ने नेता तथा कार्यकर्ता रहेको बताउनुभयो । २ नं. क्षेत्रीय सभापति टंक कार्कीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव झलक नेपाल, २ नं. क्षेत्रीय उपसभापति तुलसी दंगाल लगायतले शुभाकमना मन्तव्य राख्नुभएको थियो ।    

,