बाह्रबिसेमा मानवअधिकार सम्बन्धी प्रशिक्षण

नेपाल मानव अधिकार संगठनको एक दिने प्रशिक्षण कार्यक्रम बाह्रबिसेमा बिहिबार सम्पन्न भएको छ ।
मानव अधिकार शिक्षा सम्बन्धी भएको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले मानव अधिकार हनन हँुदा हुने संकट र राजनीतिक नेताहरुबाट हुने गरेको व्यवहारको बारेमा प्रष्ट पार्दै मानव अधिकारलाई अलिकति पनि बिचार पु¥याउन सकिएन भने आफै संकटमा पर्ने बताउँदै यस्ता किसिमका प्रशिक्षण दिएर नगरवासीलाई मानव अधिकारका विषयमा शिक्षा दिएको हुँला आयोजकलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।
नेपाल मानव अधिकार केन्द्र र जिल्ला शाखा सिन्धुपाल्चोकले आयोजना गरेको उक्त  प्रशिक्षण कार्यक्रममा नेपाली सेना, प्रहरी, बाह्रबिसे नगरपालिकाका नवनिर्वाचित प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको प्रशिक्षण दिँदै नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति यज्ञप्रसाद दंगालले जिल्लाका विकट गाउँका नागरिकहरुलाई अझै पनि मानव अधिकार सम्बन्धी ज्ञान नभएको हुँदा उक्त ज्ञान सम्बन्धी सबै जानकार रहोस् भन्नका लागि उपस्थित प्रतिनिधिहरुले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मानव अधिकार सम्बन्धी जानकारी गराउनुभएको थियो ।
यसैगरी शिक्षाविद् तथा सुनकोशी बहुमुखी क्याम्पसको प्रमुख यमबहादुर बस्नेतले मानव अधिकार शिक्षाको विषयमा प्रष्ट पार्दै मानव अधिकारसँग सम्बन्धीत ज्ञान नहुनाले मानिसहरुले धेरै दुःख भोग्नुगरेको हुँदा यसको ज्ञान हुनुपर्ने यो मानव अधिकार भनेको के हो के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कुराको प्रष्ट शिक्षा हासिल गरेर मात्र अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।
बाह्रबिसे वडा नं. ४ मा भएको उक्त  प्रशिक्षण कार्यक्रम वडा नं. ४ का वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । नेपाल मानव अधिकार संगठन सिन्धुपल्चोकले यस्तो प्रकारका प्रशिक्षण कार्यक्रम निरन्तर दिँदै आइरहेकोमा सहभागिहरुले त्यसको प्रशंसा गरेका छन् ।          

,