व्यवहारिक शिक्षामा जोड

सुनौलो भबिष्यका लागि शिक्षा परियोजनाको बैठक हिजो जिल्ला समन्वय समितिको सभाहलमा बसेको छ । लामो समय पछि बसेको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा बोल्दै सल्लाहकार समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख गोपाल तमाङले व्यवहारीक शिक्षाको लागि  सबै लाग्न पर्ने बताउनु भएको छ । उहाँले शिक्षा विकासमा भौतिक संरचनालाई मात्र विकासको मेरुदण्ड मान्नु भन्दा परम्परागत शिक्षा प्रणालिलाई  बैज्ञानिककरण गर्न र आधुनिककरण गर्नको लागि सहयोगी संघ संस्था अगाडि बढ्न पर्ने  बताउनु भयो भौतिक संरचना सुधार गर्दैमा शिक्षा क्षेत्रको बिकासमा सुधार नहुने यसलाइ सुधार गर्नको लागि शिक्षा कार्यलयहरुबाट पनि विशेष पहल हुन पर्ने बताउनुभयो । बैज्ञानीकरण शिक्षाको बिषयमा बताउँदै भक्तपुरमा रहेको विद्यालयमा सिसि क्यामेराको फिटिङ भएको र त्यहाँ अडीयोको समेत व्यवस्था भएको आफूले देखेको र उक्त सिसिक्यामाराबाट कक्षा शिक्षकले पढाएको नपढाएको  सजिलै हेर्न सकिने र अडियो खोले पछि विद्यार्थी तथा शिक्षक कसले लापर्वाही गर्छ त्यसको तुरुन्तै थाहा हुने ब्यबस्था समेत भएकोले त्यस्ता प्रबृद्दीहरु समेतको जडान गरी शिक्षामा बैज्ञानीकरण गरिनुपर्ने बताउनु भयो ।

जिल्ला शिक्षा अधिकारी निर्मल घिमीरेले शिक्षा विकासमा जिल्लामा रहेर काम गरैका गैर सरकारी संस्थाहरु मध्य ग्रामीण महिला सिर्जनसिल परिवार, टुकी संघ सुनकोशी लगाएतका संस्थाहरुले शिक्षा विकासका लागि चासो देखाएकोमा शिक्षा विकासमा सहजिकरण भएको बताउनुभयो । जिल्ला समन्वय समितिका कार्यक्रम संयोजक राजुभाइ श्रेष्ठले  भुकम्प पछी धेरै संस्थाहरु सिन्धुपाल्चोक आएका छन तर शिक्षामा लामो समयदेखी बिभिन्न प्रकारबाट  सहयोग गरिरहेका संस्थाहरु कमै छन् ती मध्ये पनि शिक्षामा बढी चासो राख्ने संस्थाहरुमा टुकी संघ सुनकोशी ग्रामीण महिला सिर्जनसिल परिवार लगाएतका संस्थाहरु रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटा, जिल्ला सम्वन्वय समितिका सदस्य सकुन्तला माझी, जिल्ला कार्यन्वयन इकाइका प्रमुख कृष्ण सुबेदी, चौतारा अस्पातालका अध्यक्ष सोम सापकोटा, गैर सरकारी महासंघका सिन्धुपाल्चोक कावा अध्यक्ष ज्ञानेन्द्र पौडेल ग्रमीणमहिला सिर्जनशिल परिवारका हर्क तामागं लगाएतको उपस्थित रहेको थियो  चायल्डफण्ड जापानको सहयोगमा  ग्रमिण महिला सिर्जजन सिल परिबार र टुकी संघ सुनकोसीद्धारा धुस्कुन, पिस्कर, पागे्रटार ,तौथली पेडकु  ठोकर्पा र कालीकामा ,आपतकालीन राहात र पुनर्निर्माणका कार्यक्रमहरु गरि रहेका छन् । २०१२ देखि नियमित रुपमा कार्यक्रम गर्दै आएको संसथाले २०७२को भुकम्पमा  आपत्कालीन राहात र पुनर्निर्माणमा समेत सहयोग गर्दै आएको छ ।  बैठकमा २०१७अप्रील देखी २०१७ जुलाइ सम्मकोकार्य क्रम तथा आगामी दिनमा गरिने  कार्यक्रमका बारेमा योजना प्रस्तुत गरिएको थियो ।


,