नगरवासीको स्वास्थ्यमा विषेश ध्यान

चौतारा साँगाचोकगढी नगरपालिकाले हिजो स्वास्थ्य क्षेत्रमा काम गरिरहेको विभिन्न सरकारी गैरसरकारी संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नगर प्रमुख अमानसिं तामाङको अध्यक्षतामा चौतारा साँगाचोकगढी नगरपालिकामा भएको कार्यक्रममा सहभागि संस्थाहरुले आफ्नो संस्थाबाट भएगरेका कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यकारी अधिकृत उमाकान्त अधिकारी, १३ नं. वडाका वडा अध्यक्ष रामप्रसाद गौतम, चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य कार्यालयका प्रमुख डा. विनिता सिंह र शिव पुरी समेतको उपस्थितिमा भएको कार्यक्रममा आ–आफ्नो संस्थाबाट भएगरेका कामहरुको बारेमा जानकारी गराइएको थियो ।


कार्यक्रममा सहभागिहरुले स्वास्थ्य सम्बन्धी गरेका कार्यक्रमको बारेमा आ–आफ्नो धारणा राखेपछि अनतरक्रिया गर्नुपर्ने मुख्य कारणको विषयमा प्रकाश पार्दै शिव पुरीले नगरपालिका भित्र कार्यक्रम गर्दा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयको अन्तरक्रिया गरेको बताउनुभयो । कार्यक्रमको बारेमा प्रकाश पार्दै चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यकारी प्रमुख उमाकान्त अधिकारीले विगतका दिनमा विभिन्न कार्यक्रम गर्दा जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरी कार्यक्रम गरेको भएपछि अबदेखि नगरपालिकामा नै समन्वय गरेर काम गर्ने परिपाटीको विकास गर्दै नगरवासीको स्वास्थ्यलाई विषेश प्राथमिकतामा राखेर काम गर्दै आएका संस्थाहरुले नगरपालिकाको १४ वटै वडामा समान स्वास्थ्य सेवा उपलब्ध गराउन अनुरोध गर्दै जहाँ जहाँ समस्याहरु छन् त्यहाँ सेवा सहयोग पु¥याउन समेत अनुरोध गर्नुभयो ।
नगरपालिका भित्र कुन कुन वडामा क–कसले काम गरिरहेको छ यस विषयमा नगरपालिकालाई समन्वय र जानकारी गराउँदै आ–आफ्नो सरोकार भएको कामको बारेमा नगरपालिकाको सिफारिस भएपछि मात्र कार्य गर्न समुदायलाई समेत अनुरोध गर्नुभयो । यसरी काम गर्दा सबैलाई समान हुने बताउँदै अब नगरपालिकाले बालबालिकाको स्वास्थ्य, गर्भवती महिलाको संख्या तथा स्वास्थ्यको पहुँचबाट टाढा रहेका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई विषेश सुविधा दिनुपर्ने बताउनुभयो ।
उहाँले खासगरी स्थानीय नागरिकको समस्यालाई नै प्राथमिकतामा राख्न समेत अनुरोध गर्नुभयो । नगरपालिकाबाट शिक्षा तथा स्वास्थ्य हेर्ने संयोजक रामप्रसाद गौतमले नगरपालिकाभित्र हेर्ने संघसंस्थाले स्वास्थ्य सेवामा सहयोग गरिरहेका छन् यसमा सबैलाई धन्यवाद दिँदै १४ वटा वडा मध्ये केही वडामा धेरै संख्याको सहयोग रहने केही वडामा सेवा सुविधा कम हुने भयो भने सबैले समान सुविधा नपुग्ने भएकोले सेवा समान दिनुपर्ने बताउनुभयो ।
उहाँले नगरपालिका भित्र काम गर्ने सबै संस्थाले समान रुपमा सेवा उपलब्ध गराउने तर्फ अगाडि बढ्न सबैलाई अनुरोध गर्नुभयो । बैठकको अध्यक्षता गरिरहनुभएका नगरप्रमुख अमानसिं तामाङले नगरपालिका भित्र  धेरै संस्थाले सहयोग गरेको देख्दा खुसी लागेको बताउँदै सरकारी तथा गैर सरकारी संस्थाहरु जसले जे गरेपनि परिणाममुखी हुनुपनेए भएकोले परिणाममुखी काम गर्न आग्रह गर्नुभयो ।
स्वास्थ्य क्षेत्रमा धेरै गैर सरकारी संस्थाले गरेको कामको कारण सबैले स्वस्थ रहनुपर्छ तर स्थानीय नागरिकबाट सुविधा नपाएको गुनासो नआउने गरी काम गर्नुपर्ने र सरकारको लागि गैर सरकारी संस्था पनि विकासको एउटा अंग हो यो अंगले राम्रो काम गरे राम्रो हुन्छ तर नराम्रो काम गरे नराम्रो हुने हुँदा सबैले परिणाममुखी राम्रो काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा चौतारा नगरपालिका भित्र रहेका ९ वटा स्वास्थ्यचौकी र २ वटा शहरी क्लिनिक बाहेक २ वटा सामुदायिक स्वास्थ्य इकाईमा जिल्ला स्वास्थ्य कार्यालयले नै व्यवस्थापन गर्ने भएको समेत जानकारी गराइएको थियो ।
अष्पष्ट नीतिको कारण स्वास्थ्य कर्मचारीमा अन्यौलता 
नेपाल सरकारले स्पष्ट नीति नदिएका कारण स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई जिल्ला स्वास्थ्यबाट करारमा नियुक्ति दिएका कर्मचारीलाई नगरपालिकाले आफै नियुक्त गर्नुपर्ने स्वास्थ्यको म्याद थपलाई कसरी मान्यता दिने भन्ने विषयमा अन्यौलता भएको हुँदा यसतर्फ समयमा नै स्वास्थ्यले धारणा स्पष्ट दिनुपर्ने देखिन्छ ।


,