सयौं कार्यकर्ताद्वारा माओवादी पार्टी परित्याग

माओवादी केन्द्र सिन्धुपाल्चोकका जिल्ला कमिटि सदस्य सहित सयौं कार्यकर्ताले माओवादी केन्द्र परित्याग गरेका छन् । नेकपा माओवादी केन्द्रको खम्बा मानिने साँगाचोकको मात्रै सय भन्दा बढीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
माओवादी केन्द्रले जनताको काम भन्दा नेताको अघिपछि हिँड्नेको मात्र काम गर्ने गरेको, साम्यवादको सिद्धान्तलाई छोडेर सामन्तवादमा लागेको, गाउँका सिधासाधा जनतालाई झुटो बोल्ने, यो गर्छु, त्यो गर्छु भन्ने झुटको खेती गर्ने गरेको, इमान्दार कार्यकर्तालाई पछि पारेर आसेपासेको मात्र कुरा सुन्ने गरेको, वास्तविक भूकम्प पीडितको राहत वितरणमा राजनीति गरेको, माओवादी केन्द्रमा रहेका नेताहरु भ्रष्टाचारी भएको, जनताले गरेको बलिदानलाई बिर्सेर नेतामुखी भएको, भारतीय विस्तारवादको विरोध गर्न लगाएर कार्यकर्तालाई नेपालमा साम्यवाद स्थापना गर्ने उर्जा दिने आफूहरु चाहिँ भारतीय समर्थक गर्ने उर्जा दिने आफूहरु चाहिँ भारतीय समर्थक दलहरुसँग तालमेल गर्ने प्रवृत्तिको कारण आफूहरु पार्टीमा बस्न नमिल्ने भएकोले पार्टी परित्याग गरेको साँगाचोक स्थित जनजागृती माविमा पत्रकार सम्मेलन गरेर सदस्यहरुले बताएका हुन् ।
पत्रकार सम्मेलनमा उपस्थित रहेका जिल्ला कमिटि सदस्य, पार्टी सदस्य तथा पार्टी परित्याग गर्नेहरुको तर्फबाट बोल्दै माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य देवी दुलालले विगत लामो समयदेखि माओवादी केन्द्रमा रहेर पार्टीको नीति निर्देशिका अनुसार इमान्दारीतापूर्वक काम गर्ने कार्यकर्ताको मूल्याङ्कन नभएको, ध्रुव पराजुली जस्ता नेतालाई समेत पाखा लगाएर कार्यकर्तामुखी भन्दा पनि नेतामुखी भएको हुँदा आफूले पनि कार्यकर्ताको चाहना अनुरुप काम गर्न पार्टी नेतृत्व पंक्तिबाट अवरोध भएको हुँदा आफूपनि यो पार्टीमा रहेर जनताको काम गर्न नसक्ने ठहर गर्दै आजैको मितिदेखि माओवादी केन्द्र परित्याग गरेको बताउनुभयो ।
माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य विष्णुलाल श्रेष्ठले २०५१ साल अगाडि पनि जनमोर्चामा रहेर अर्ध भूमिगत भएको, जनयुद्ध सुरु भएपछि ५–५ वर्ष जेल बसेको, पार्टीले अह्राएको काम गरेर पार्टीलाई अग्रपंक्तिमा लान आफूहरुले जिउज्यान दिएर लागेको तर पार्टीले हिजो जनयुद्धका विरोधीहरुलाई च्यापेर इमान्दार कार्यकर्तालाई पाखा लगाएको, आफू चौतारा साँगाचोकगढी नपाको निर्वाचनमा एमालेलाई सहयोग नगर्दा पनि एमालेलाई सहयोग गरेको भन्ने आरोप लगाएको, माओवादी केन्द्रमा लागेका इमान्दार कार्यकर्तालाई पाखा लगाउने काम गरेको कारण आफू यस पार्टीमा रहिरहन नसक्ने बताउँदै आफू तत्कालिन साँगाचोक गाउँपालिका इन्चार्ज रहँदा नेतृत्वमा परिवर्तन गर्नुपर्ने भन्दै दधिराम पराजुलीलाई नेतृत्व दिएको तर उहाँबाट उल्टै माओवादी केन्द्रलाई बद्नाम गराउने काम गरेकोले केन्द्रीय प्रवक्ता समेत रहनुभएका अग्निप्रसाद सापकोटाले समेत कार्यकर्ताका कुरा सुन्न छाडेकोले यो परिस्थिति आएको बताउनुभयो ।
उहाँले पत्रकार सम्मेलनमा भूकम्प पीडितलाई राहत वितरणमा समेत माओवादी केन्द्रका आडमा रहेका केही व्यक्तिहरुले भूकम्प राहत वितरणमा राहत दिन नमिल्ने भनेर लिखित उजुरी गरेर राहतबाट वञ्चित बनाएको, यस सम्बन्धी तत्कालिन वनमन्त्रीलाई समेत जानकारी गराउँदा अग्नि सापकोटाले तुरुन्त राहत दिलाउने भनेपनि अहिलेसम्म राहत नदिएको गाउँ कमिटिका जिम्मेवारी पाएका दधिराम पराजुलीबाट गाइफर्मको नाममा लिएको अनुदान समेत हिनामिना गरेको, सहिद बसन्त सहकारीले सञ्चालन गरेको सुपथ पसलबाट लगेका करिव ५० हजार बराबरको सामानको पैसा समेत नतिरेको, साँगाचोक बचत तथा ऋण सहकारी संस्थाको रु ४५ लाख भन्दा बढी हिनामिना गराएर आफ्नै छोरालाई विदेश पठाएको, केशव नेपालको संयोजकत्वमा लायन्स क्लवबाट जेष्ठ नागरिकलाई वितरण गर्न ल्याएको सामग्री आफूखुसी आफू निकटका युवायुवती एवम् सम्पन्न परिवारलाई वितरण गरेको, महिला सहकारी संस्था गठन गर्न लगाई उक्त संस्थाको अध्यक्ष मनमाया नेपालको हस्ताक्षर समेत आफैले गरेर अध्यक्षलाई थाहा नदिई बैकबाट रकम निकालेको लगायतका काम गरेकोले उक्त काम गर्दा माओवादी केन्द्रकै बद्नाम भएको हुँदा आफू लगायतका माओवादी केन्द्रका पदाधिकारीहरुले पार्टी परित्याग गरेको बताउनुभयो ।
माओवादी केन्द्रका अर्का जिल्ला कमिटि सदस्य पूर्णबहादुर तामाङले माओवादी केन्द्रमा रहेर जनताको समस्या हल गर्न नसकिने इमान्दार कार्यकर्ताको मूल्याङ्कन नहुने, बेइमानी कार्यकर्ताको मात्र हावी हुने हुँदा जनतालाई नेतृत्व पंक्तिले धेरै झुट बोलेकोले यो पार्टी परित्याग गर्नुपरेको बतायनुभयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८, १०, ११, १२, १३ का नेता तथा कार्यकर्ताहरुको समेत उपस्थितिमा भएको पार्टी परित्याग कार्यक्रममा एक सय भन्दा बढीले पार्टी परित्याग गरेको पूर्णबहादुर तामाङले बताउनुभयो ।
यसरी पत्रकार सम्मेलन मार्फत पार्टी परित्याग गर्नेहरुमा महाधिवेशन आयोजक समिति सदस्य देवी दुलाल, धनमाया श्रेष्ठ, जिल्ला कमिटि सदस्यहरु विष्णुलाल श्रेष्ठ, पूर्णबहादुर तामाङ, तानबहादुर श्रेष्ठ, मोहन तामाङ, कृष्णबहादुर गिरी रहनुभएको छ भने वाइसीएल जिल्ला सदस्यहरुमा भुपेन्द्र दुलाल,  कुमार श्रेष्ठ, नवराज गौतम, सरोज थापा, चन्द्रबहादुर विक, अनिल गिरी, सुरेशकुमार श्रेष्ठ लगायत रनुभएको छ ।
त्यस्तै पार्टी परित्याग गर्ने अन्यमा कल्पना दुलाल, शर्मिला दुलाल, सुजाता गौतम, विक्रम दुलाल, वेदनाथ दुलाल, अर्जुन श्रेष्ठ, युवराज श्रेष्ठ, रत्नबहादुर श्रेष्ठ, प्रकाश श्रेष्ठ, सरोज श्रेष्ठ, डम्बर श्रेष्ठ, अशोक श्रेष्ठ, अनिष श्रेष्ठ, चन्द्रबहादुर श्रेष्ठ, विशाल श्रेष्ठ, मोहनबहादुर श्रेष्ठ, प्रदीप दुलाल, जयराम दुलाल, बलराम दुलाल, यसोदा तिमल्सिना, मैया दुलाल, साधुराम दुलाल, सुजन दंगाल, तिलक दंगाल, निशान दुलाल, भेषबहादुर गिरी, दधिराम गिरी, तीर्थराज गिरी, नारायण गिरी, श्याम भुजेल, नन्द सुनुवार, नारायणदेवी श्रेष्ठ, सन्जय श्रेष्ठ, मनमाया नेपाल, पूर्णबहादुर श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, सुरज श्रेष्ठ, कमल श्रेष्ठ, चुडामणी श्रेष्ठ, रामप्रसाद अर्याल, बेलबहादुर विक, विष्णुमाया गिरी, धनबहादुर तामाङ, कृष्णमाया विक, बलबहादुर गिरी, फूलमाया तामाङ, सुनिता तामाङ, जरना लामा, चन्द्र सापकोटा, ध्रुव गिरी, अमृत गिरी (वाइसिएल सचिव), हिराबहादुर श्रेष्ठ, टेकबहादुर् श्रेष्ठ, सानुमाया गिरी, दलबहादुर श्रेष्ठ, रविन श्रेष्ठ, गिता गिरी लगायत हुनुहुन्छ ।
माओवादी केन्द्रको चौतारा साँगाचोकगढी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले निर्वाचनताका बोलेका कार्यहरु नगरेकाले माओवादी केन्द्रप्रति मतदाताहरु रुष्ट हुँदै जान थालेका छन् । पत्रकार सम्मेलनमा सहभागिहरुले समेत पानीचौर नर्सरी सडकमा १० लाखको हिसाव समेत नदेखाएको आरोप लगाएका छन् ।