भूमि अधिकार मञ्चको सहयोगमा ३२६ मोहि निवेदन पेश

२०७३ भदौ ६ गते देखि मोहि बाँडफाँडको निवेदन पेश गर्नको लागी खुले पनि गत हप्ता देखि मोहि निवेदन पेश गर्ने मोहि किसानहरुको भूमि अधिकार मञ्च र मालपोत कार्यालयमा घुइचो लागेको थियो ।

अन्तिम समयमा निवेदन पेश गर्न जिल्लाको हेलम्बु, किउल, इचोक, पाल्चोक, दुवाचौर, बाँसखर्क, सिम्पालकाभ्रे, बतासे, नवलपुर, बाँडेगाउँ, मेलम्ची, बाँसबारी, राम्चे, सानु सिरुवारी ठूलोसिरुवारी चौतारा र गाती लगायतका किसानहरु मोहि निवेदन पेश गर्नको लागी चौतारा आएका थिए । मालपोत कार्यालयका अनुसार भदौ ४ र ५ गते मोहि निवेदन दर्ता लाई प्रथामिकतामा राखेर काम गरेको थियो ।
सरकारी तथ्याङक अनुसार देशभर प्रमाण पत्र भएका मोहिहरु १ लाख १९ हजार ६ सय ८५ छन् । २०५४ असार २३ गते भित्र सम्बन्धित गाविस वा नगरपालिकमा कुत कबुलियतनामा पेश गरी त्यसको प्रमाणित प्रतिलिपि भूमिसुधार कार्यालयमा बुझाएका जोताहले हक प्राप्त गर्न सक्छन् । त्यसै गरी १ नं.लगत र २ नं अनुसूचि प्राप्त गरेका तर फिल्डबुक र जग्गा धनी पुर्जामा नाम उल्लेख नभएका मोहिहरुले पनि यस ब्यवस्था अनुसार मोहि हक प्राप्त गर्न सक्नेछन् ।

भूमि सम्बन्धि ऐन २०२१ छैटौ संशोधन २०७२ ले रोकिएको मोहि जग्गा बाँडफाँड हुने ब्यवस्था गरेको छ । यो ब्यवस्थालाई कार्यन्वयनामा लैजना भूमि सम्बन्धि नियमहरु (सोह्रै संशोधन ) र मोहि लागेको जग्गा बाँडफाँडका लागी निवेदन दिने र बाँडफाँड गर्ने सम्बन्धि सूचना २०७३ भदौ ६ गतेको नेपाल राजपत्रमा प्रकाशन भएको भएको थियो । मोहि जग्गा बाँडफाँड तथा नामसारीका लागी जिल्ला भूमि अधिकार मञ्चले सहजीकरण गरिरहेको छ । मोहि जग्गा बाँडफाँडको लागी भूमि अधिकार मञ्चले मोहि किसानहरुलाई सूचना दिने गाउँ भूमि अधिकार मञ्चमा छलफल गर्ने,रेडियो बाट सूचना प्रशारण ,मोहि जागरण यात्रा,मोहि शिविर मार्फत मोहि बाँडफाँड तथा नामसारी सम्बन्धि मोहि किसानहरुलाई जानकारी जानकारी दिएको थियो ।
गाउँ गाउँमा मोहि बाँडफाँड र नामसारी सम्बन्धि आवश्यक कागज पत्र छपाएर सजिलोको लागी वडा मुचुल्का,मोहि लगात कट्टा,मोहि बाँडफाँडको निवेदन,फिल्डबुक उतार,जग्गा धनी प्रमाण पुर्जाको श्रेष्ता उतार,नक्सा उतार ,नामसारीको लागी वकिउलहरुको सहयोगमा खातका तयार पारी छपाएर निशुल्क वितरण गरेको थियो । २०५३ असार २३ गते पछि प्रमाण भएर पनि छुटेका मोहि किसानहरुको लागी मोहि बाँडफाँड नेपाल सरकाले खुलाउनु पर्ने भन्ने विषयमा भूमि अधिकार मञ्चले १ दशक देखि मोहि अभियान सञ्चालन गदै आइरहेको थियो । लामो समय देखि अभियान सञ्चालन गदै आइरहको भए पनि मोहि किसानहरु सँग भएको मोहियानी हक सम्बन्धि प्रमाण मिति २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पमा परेर नष्ट भएको र सरकारले भूमि सुधार कार्यालयलाई मालपोत कार्यालममा गाभेको र भूमि सुधारमा भएको मोहि हरुको प्रमाण किरा लागेर नबुझ्ने भएको र मुसाले खाएर आधा पारेकाले निवेदन पेश गर्न आएका मोहि किसानहरु निराश भएर फर्केका थिए ।
जति मोहि किसानले निवेदन पेश गर्नु पर्ने हो त्यति पेश हुन नसकेको भूमि अधिकार मञ्चको जिल्ला संयोजक माधब ढकाल बताउछन् । यदि भूकम्प जानु अगाडि मोहि बाँडफाँड सम्बन्धि यो ब्यवस्था खुलेको भए सिन्धुपाल्चोकको १ हजार ९ सय ९५ घर परिवारले मोहि बाँडफाँडको लागी मोहि बाँडफाँडका लागी निवेदन पेश हुने दाबी माधब ढकाले बताएका छन् । सयमै मोहि बाँडफाँडको प्रक्रिया मालपोत कार्यालले अगाडि बढाएमा भूकम्प बाट प्रभावित ब्यक्तिले समेत आवस पुन निर्माणको लागी जग्गा उपलब्ध हुने थियो ।

,