एक हजार ६६४ वर्ष कैद भुक्तान गर्न बाँकी

राम केसी/जिल्ला अदालत सिन्धुपाल्चोकमा विभिन्न अपराधमा अभियोग लागेकाहरुबाट एकहजार ६६३ बर्ष ९ महिना दुई दिन कैद भुक्तान गर्न अझै बाकी देखिएको छ ।
 एक सताब्दी देखि मानब बेचविखन, हत्या, डाका तथा ज्यान मार्ने उद्मोग लगायतमा फौजदारी अभियोगमा अदालतबाट सजायँ पाइ फरार अभियुक्तहरुबाट कैद तथा जरिवाना असुल हुन बाकी देखिएको हो ।
 बक्यौदा कैद तथा जरिवाना असुल गर्न अदालतले दुई बर्ष अघि विद्मुत ,टेलिकम र खानेपानी कार्यालयमा लगत पठाई असुलीको माध्यम बनाउन निर्णय गरेको थियो। तर विनासकारी भुकम्पका कारण उक्त काम कार्यान्वयन हुन प्रभाबकारी हुन सकेन ।त्यती हुदाहुदै पनि प्रहरी,मालपोत तथा साविक जिविस मा समेत पत्रचार भएको थियो ।

 जिल्ला प्रहरी कार्यालय मार्फत मातहतका प्रहरी निकायमा पत्राचार भइ फरार कैदी पक्राउ गरि जरिवाना समेत असुल हुदै आएको स्रेस्तेदार महेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । जिल्ला अदालत स्थापनाकाल वि.स १९७३ सालदेखि कायम भइ जिम्मावारी सदै आएको कैद तथा जरिवाना विभिन्न आर्थिक वर्षमा फछ्यैट हुदै आएको छ । त्यसै गरि बषैपिच्छे थपिदै पनि जाने गरेकोले आर्थिक वर्ष ०७३÷७४ मा ठुलै राशीको जरिवाना तथा कैद जिम्मेवारी सरेको देखिन्छ । अदालतका अनुसार जरिवाना रकम १६ करोड ६२ लाख ११ हजार १३४ रुपैया असुल हुन बाकी देखिएको छ ।
त्यसै गरि जिल्लामा अवैध जडिबुटी, सुन तस्कर तथा रक्त चन्दन बोकेका प्रहरीले नियन्त्रणमा लिएका बस,भ्यान र जिप लगाएत दर्जनौ गाडिहरु करिब दुइ दशक देखि मुद्दाको टुङ्गो नलागेपछी कार्यालय परिशरमा अलपत्र अबस्थामा रहेका छन् ।
त्यस्ता गाडिहरु लामो समयसम्म पनि मुद्दाको टुङ्गो नलागी जिर्ण अबस्थामा छन्।पार्टपुर्जा समेतमा खिया लागेर बेकम्बा भएको अवस्थालाइ दृष्टिगत गरि समयमै मुद्दाको टुङ्गो लाग्न सके लिलामीबाट थोरै भए पनि राजश्व असुल हुन सक्ने आम नागरिकले अपेक्षा गरेका छन् ।

,