पक्राउ हुँदै फरार कैदीहरु

जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले फरार कैदीहरुलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाउने कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट कारागार कार्यालय सिन्धुपाल्चोक क्षती विभिन्न अपराधिक क्रियाकलापमा संलग्न फरार कैदीहरुलाई जिल्ला प्रहरी कार्यलयले पक्राउ गरी कारागारचलान गरीरहेको छ ।

फरार कैदीमध्ये सुन चोरी पैठारी मुद्धामा संलग्न जिल्लाको भोटेकोशी गाउँपालिका वाड नं. १ बस्ने बर्ष २७ को दावा लामालाई पक्राउ गरिएको छ । काठमाण्डौमा लुकीछिपी बसेको सूचनाको आधारमा निजलाई साउन ३२ गते गते पक्राउ गरी आवश्यक कार्बाहीको लागि कारागार कार्यालय सिन्धुपाल्चोकमा पठाइएको हो ।
त्यस्तै सवारी ज्यान मुद्धामा सम्मानित भतmपुर जिल्ला अदालतबाट मिति २०६९।३।२० गतेको फैसलाले १ बर्ष ११ महीना ०९ दिन कैद फैसला भएका मेचम्ची नगरपालिका वाड नं.१२ बस्ने बर्ष ३४ को तिर्थ बहादुर माझी र सोही नगरपालिका वडा नं. १२ बस्ने गोकुल भटराईलाई बहुबिबाह मुद्धामा सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतलको मिति २०५८।१०।२० गतेको फैसलाले १ महीना कैद र १,०००। ( एक हजार) जरिवानाहुने गरी फैसला भएकोमा निजहरु फैसला पश्चात फरार भएकोमा पक्राउ गरी साउन ३२ गते सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरिएको छ ।
अदालतले प्रतिवादीहरुलाई सोही मितिमा कारागार चलान गरी कारागार कार्यालय सिन्धुपाल्चोकमा पठाएको छ । साथै ज्यान मार्ने उधोग मुद्धामा फरार पाँचपोखरी थाङपाल गाउपालिका वाड नं.८ बस्ने बर्ष २६ को दिपक मगरलाई प्रहरी टोलीले पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरी आवश्यक अनुसन्धान भैरहेको छ ।
त्यस्तै पाँचपोखरी थाङपाल गाउपालिका वाड नं.८ बस्ने मंगले तामाङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी एै साविक गा.वि.स .लागर्चे वडा नं. ७ घर भई हाल परिवर्तित भएको ज्यानमार्ने उधोग मुद्धाको अनुसन्धानको शीलशीलामा रहेका फरार दिपक मगरलाई प्रहरी चौंकी तिपेनीबाट खटीएको प्रहरी टोलीले साउन २८ गते पक्राउ गरी ईलाका प्रहरी कार्यालय मेलम्चीमा बुझाईएकोमा सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरी म्याद थप गरी आवश्यक अनुसन्धान कार्बाही भैंरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक मोहन प्रसाद पोखरेलले जानकारी गराउनुभएको छ ।