सडक भास्सीए पछि यातायात सञ्चालनमा कठिनाइ

राम केसी/ अरनिको राजमार्ग अन्तरगत बाह्रबिसे नगरपालिका ९ स्थित महभिरमा करीब एक सय मिटर सडक भास्सीएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ ।
सडक भास्सीएकोले शनिबार बिहान देखि काठमाडौं बाह्रबिसे चल्ने सवारीसाधन रोकिएकोले समान्य मर्मत गरी अपरान्ह चार बजे बाट एकतर्फी रुपमा यातायात सञ्चालन भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्च कुमार बंखुले जानकारी दिनुभयो ।  सडकको भित्तो काट्न कडा चट्टान भएकोले सामान्य मर्मत द्वारा यातायात सञ्चालन गरीएकोले कतिबेला पुनः रोकिन्छ भन्ने अनुमान गर्न नसकिने स्थानीयबासीको भनाइ रहेको छ । त्यसठाउँमा एक महिना अघि बाट सडक भास्सीएको थियो । तर सामान्य मर्मतकै भरमा यातायात सञ्चालन हँुदै आइरहेको छ ।
सो क्षत्रमा बर्षा हुने क्रम नरोकिएकोले भास्सीएको सडकमा अझ बढी क्षती पुग्ने सम्भाबना छ । त्यस ठाउँमा भरपर्दो रुपमा काम हुन नसके नजिकै आउन लागेको नेपालीहरुको महान चाड बडादशैमा घर फर्कने हरुलाइ असर पुग्न सक्ने स्थानीयबासीले आशंका ब्यतm गरेका छन् ।


,