दशैँ कसैको नबनोस् दशा

प्रिती  श्रेष्ठ-
मुगलान चलचित्रको ‘दशैं आयो’ भन्ने गीत सुन्दा जो कोहीलाई पनि नाचाँै नाचौँ मन लाग्छ होला नै । दशैँको सुरुवातसँगै शहर बजारमा चहलपहल बढीरहेको छ, साथै दशँैको गीतहरु पनि घन्किन थालेको छ । अझ कहिँकतै त दशैँको अवसरमा सजावट, सरसफाई साथै विभिन्न कार्यक्रमहरु पनि आयोजना भईरहेको छ ।
नेपालीहरुको महान चाड विजया दशमी विशेष तरिकाले मनाउनुपर्ने चलन रहेको छ । बिभिन्न शक्तिका प्रतिक नवदुर्गाहरुको पुजा आजा पश्चात दैत्यहरु सँगको बिजयको उत्सव स्वरुप बिजया दशमी मनाउने चलन रहिआएको शास्त्रहरुमा उल्लेख छ । हिन्दु धमावलम्बीहरुको महान चाड विजया दशमीलाई विशेष आधार मानेर सके आफ्नो गक्ष अनुसार अन्यथा ऋण नै गरेर भएतापनि रमाइलो गरेर मनाउने यो पर्व कसैलाई दशैँ त कसैलाई दशा पनि हुने गरेको छ ।
वास्तवमा भन्नुपर्दा अधिकांश  कुराको सकरात्मक र नकरात्मक दुबै पक्ष हुने गर्दछ । त्यो हामी जुन तबरबाट हेछाँै त्यस्तै हुन जान्छ अर्थात हाम्रो नजरमा भर पर्ने कुरा हो । प्रसङ्ग नजिकिँदै गरेको दशैँको, आफ्नो कामकाजमा व्यस्त जोकोहि पनि दशैँ आयो भनेपछि खुसी नै हुन्छन् तर केहि मात्रामा त्यहाँ दुखको पनि छायाँ परेको हुन्छ । हुन त चलिआएको भनाई अनुसार ‘हुनेखानेलाई दर्शैँ, नहुनेलाई दशा’ भनिन्छ । तर पनि कस्तो लाई हुनेखाने र कस्तोलाई चाहिँ नहुने भन्ने त ? यो प्रश्नको गतिलो जवाफ मिल्न गाह्रो नै पर्छ ।
आ–आफ्नो कार्य व्यस्तताको कारण महिनाँै दिन भेट नभएको दाजुभाई, दिदीबहिनी, इष्टमित्रसँगको भेटघाटले खुसीको वहार ल्याउने दशैँ कसैको घरमा यहि कुराको कारण खुसी भागेको पनि हुन्छ । दशैँ भन्नसाथ नयाँ कपडा, त्यहि अनुसारको खाना, माछा मासु अझ ठूलो खसी काट्ने भनेर प्रायः घरमा बालबच्चाको माग हुन्छ । यहि माग पुरा हुँदा कति घरका बालबच्चा खुसी, परिवार खुसी हुन्छ त कति घरमा त्यस्को विपरित पनि । यस्तै साथीभाई बिचको भेटमा कतै दुखसुखको कुराहरु साटासाट हुन्छ भने कतै दशैँको सुअवसरमा जुवातास र मध्यपानले गर्दा झै–झगडा र काटाकाट । कसैकोमा आवश्यक भन्दा बढी नै रमझम हुन्छ त कसैकोमा दशैँ न तिहार सदा सदावहार । सोच्नुहोस् त, नेपालीहरुको महान चाड ‘दशैँ’ साँचै महान नै हो ।
एउटा सानो उदाहरण, बालबच्चालाई खुसी बनाउन अझ त्यो भन्दा बढी छिमेकीले कुरा काट्ला भन्ने डरले, छिमेकीलाई देखाउन भनाँै या परिवारको खुसीको लागि मेरो एक छिमेकीले एक वर्ष पहिले मेरो घरमा आएर बाबासँग गुनासो गरेको मैले पनि सुनेको थिएँ । आफूसँग जेजस्तो छ त्यसैमा खुसी भएर दशैँ मनाउन भन्दा ‘वल्लाघर पल्लाघरकाले के भन्लान् दाई मलाई’ भनेको पनि सुनेकै हो । हाम्रो पनि त्यतिखेर दशैँ नै थियो र यो पनि थाहा थियो कि उहाँहरुको पनि त दशैँ हो । त्यसैले हाम्रो दशैँको लागि दराजमा थन्किएर रहेको केही, दशैँको महत्वपूर्ण अंश उहाँको घरमा दशैँ मनाउन गयो । मैले बाबालाई हिजो सोधेको थाहा पाएँ, पोहोर उहाँको घरमा फिर्ता आउने शर्तमा गएको हाम्रो दशैँको अंश यो वर्ष पनि आउन सकेको छैन् रहेछ ।
यो त एक उदाहरण मात्र हो । हाम्रो समाजमा यस्ता उदाहरणहरु त सर्वत्र पाउन सकिन्छ । ‘घाँटि हेरेर, हाड निल्ने’ भन्ने सबैलाई थाहा हुदाँहुदैँ पनि घाँटी नहेरी हाड निल्न बाध्य हुन्छन् अधिकाशं । दशैँमा ९ दिनसम्म अन्धाकार कोठामा पहेँलो भएको जमरा र आफूभन्दा ठूलाको आसिस सहित निधारमा लगाइने रातो टिका, आज यसको भन्दा बढी टिका लगाउन जाँदा पाइने दक्षिणामा ध्यान हुन्छ । ठूलाको हातबाट टिका लगाउन भनि आउनेलाई खाली हात पठाउन नमिल्ने, टिका थाप्न नआउ भन्न पनि नमिल्ने, त्यतिमात्र नभएर १०, २० रुपैया पैसा दिँदा इज्जतको कुरा आउने । अनि त कसरी घाँटी हेरी हाड निल्नु, भन्ने गुनासो पनि नसुनिएको त होइन् ।
धेरै समयसम्म आफ्नो गाउँघर नगएकाहरु पनि दशैँमा आफ्नै घर जाने, साथीभाई भेटघाट गर्ने, रमाइलो गर्ने, दुखसुखका कुराहरु साटासाट गर्ने, आफूभन्दा ठूला मान्यजनहरुको हातबाट टिका लगाउने, आसिस लिने, यो एकदमै राम्रो पक्ष हो तर वर्षको एकपटक आउने महान चाडको नाममा जुवातास खेल्ने, मद्यपान सेवन गर्ने, झै–झगडा गर्ने, जथाभावि बोल्ने, तडकभडक देखाउने यस्ता कुराहरु चाडपर्वमा हुने नकरात्मक कुरा, जुन सबैमा अवगत हुँदा पनि समाजमा भईरहेने सत्यता हो । हामी रमाइलो गर्नको निमित्त के जुवातास नै खेल्नुपर्छ र? के जाँडरक्सि नै खानुपर्छ र? यदि यी कुराको बाहेक अरु नै जस्तै सबै भेला भएर नाच्ने, गाउने, त्यसरी पनि त रमाइलो गर्न सकिन्छ नि । के जुवातास र जाँडरक्सि बिना चाहिँ रमाइलो नै नहुने हो र?
मलाई पनि केहीले सोधेको थियो, दशैँको सपिङ् भयो त? मैले प्रश्न माथि प्रश्न गरेँ, के दशैँमा सपिङ गर्न जरुरी नै हो र? दशैँमा नयाँ लुगा लगाउनुपर्छ रे अनि के नयाँ लगायन भने चाहिँ त्यो दशैँ नभएर तिहार हुने हो र? नयाँ लुगा नलगाउँदा मान्यजनको हातबाट टिका थाप्न नपाईने पक्कै पनि होइन् । र पुरानो कपडामा नै पिङ खेल्न जाँदा त्यो पिङनै नमच्चिने पनि होइन् ।
दशैँको सन्दर्भमा अर्को कुरा गर्नुपर्दा, अधिकांश व्यापारिहरु दशैँको मौकामा आफ्नो पसलमा भएको गुणस्तरियहिन, म्याद गुज्रिएका सामाग्रीहरु विक्रि गर्नमा चनाखो भएर बसेका हुन्छन् । ग्राहकहरु यसप्रति सचेत हुन जरुरी छ कि सामान किन्दा अनिवार्य रुपमा म्याद र गुणस्तरिय सामानमा ध्यान दिनुपर्दछ । यस्तो कुराहरु विभिन्न सञ्चारका माध्यमहरुमा दिनप्रतिदिन भनिरहेतापनि हामी त्यसलाई वास्ता गर्दैनाँै तर यसले हुने हानीबारे पनि सचेत हुन जरुरी छ ।
त्यसकारण हामीले हाम्रो खानपान र रहन सहनलाई कस्तो बनाउने भन्ने कुरा आफैमा निर्भर रहेको कुरा हो । थोरै खर्चमा बिना भड्किला तरिकाले चाड मनाउँदा हामीलाई आसिस लिन कसैले रोक्न सक्दैन । आस्था सबैको एकै हो । दशैंलाई दशाको रुपमा विकास गर्ने हाम्रो मानसिकतालाई अब परिवर्तन गर्न जरुरी छ । दशैँ कसैको पनि दशा नबोनोस् । त्यसकारण अवसरको रुपमा दशैंलाई प्रयोग गर्ने बानी बसालौँ ।
अन्त्यमा विजया दशमी २०७४ को पावन अवसरमा सम्पूर्ण दाजुभाई, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

,