परिचयात्मक कार्यक्रम सम्पन्न

भुकम्प अति प्रभावित जिल्लामा पुनर्निर्माणमा जननिर्वाचित जनप्रतिनिधिहरुको भुमिका र संस्थागत परियोजनालाई स्थानिय तहसम्म जानकारी गराउने उद्देश्यलले हिजो एक परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
इन्द्रवती गाँउपालिका  नवलपुरमा  भएको उक्त कार्यक्रम ट्रन्परेन्सी इन्टरनेशनलले गरेको हो । कार्यक्रम जिल्लामा सञ्चालन भईरहेको पुनर्निर्माणलाई कसरी सदाचार युक्त बनाउने र गुणस्तरिय बनाउने भन्ने विषयमा केन्द्रित रहेको थियो ।
इन्द्रावती गाउँपालिकाका निर्वाचित वडा अध्यक्ष, सदस्य तथा कार्यपालिका सदस्यहरुलाई उक्त कार्यक्रममा यस सम्बन्धी जानकारी समेत गराइएको इन्टर नेशनलका  जिल्ला कार्यक्रम संयोजक उमेश बिकले बताउनुभयो । कार्यक्रममा इन्द्रवती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, उपाध्यक्ष मिरा लामा लगायत सबै वडाका वडाअध्यक्षहरुको समेत उपस्थित रहेको थियो । सो अवसरमा भ्रष्टचाररहित पुर्ननिर्माण तथा स्थानीय निकाय बनाउन सम्पुर्ण वडाबासीहरु प्रतिवद्ध रहनसमेत अध्यक्ष वशंलाल तामाङले बताउनुभयो ।
उहाँले विगतमा स्थानीय जनप्रतिनिधिहरु नहुँदा भएको भ्रष्टचारले सर्वसाधारण नागरिकमा गएको सन्देशलाई निर्वाचित पदाधिकारीहरुले निर्वाचन पश्चात त्यस्तो नहुने समेत बताउनुभयो । जिल्लामा हाल भईरहेको पुर्ननिर्माणको धिमा गतिलाई तोड्न र भईरहेको पुर्ननिमार्णलाई आम नागरिकले सहज र सरल रुपमा सो बारे जानकारी लिन सक्ने जानकारी बोर्डलाई अनिवार्य रुपमालागु गरी सुसुचित गर्न कार्यको पहल गर्न जनप्रतिनिधिहरु समक्ष आग्रह गरिएको छ ।