लार्चाको वेलीवृजको काममा सुस्तता

राम केसी/सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने लार्चाको पक्की पुल पहिरोले भाच्चीयपछि बन्दै गरेको वेलिवृजको काममा सुस्थता आएको छ ।
 वेलिवृजको जग बनाउने (फाउन्डेशन) भागमा ठुलो चट्टान देखा परेकोले त्यसलाइ हटाउन धेरै समय लागेको हुदा तिव्र गतीमा हुनुपर्ने काममा ढिलाइ हुन गएको हो ।मेशिनरी औजार प्रयोग गर्दा पनि चट्टान फुटाउन नसकी मानवीय शक्तिकै भरमा चट्टान फुटाएर जग तयार गर्न समय लागेकोले पुलको काम सम्पन्न गर्न तिहारपछि मात्र सम्भव हुने डिभिजन सडक कार्यालय दोलखाका डि.ई अशोक तिवारीले बताउनुभयो ।
गएको साउन ८ गते बेलुका अविरल वर्षासंगै माथिबाट खसेको ढिस्कोले भोटेकोशी गाउँपालिकाको  फुल्पिङकट्टी स्थित भोटेकोशीको पक्की पुल भाच्चीएपछि तातोपानीसंगको सम्पर्क विच्छेद भएको थियो । ७० मिटर लामो पक्की पुल बगाएपछि तातोपानी क्षेत्रका वासीन्दालाइ ५ घण्टाको जोखिमपुर्ण पैदल यात्रा गरेर छिमेकी वडा फुल्पिङकट्टी  आवत जावत गर्न विवश भएका थिए । पुलको विकल्पको रुपमा केहि दिनपछि अस्थाइ तुइनको साथै फलामे फड्केको साथै व्यबस्था गरिएको थियो ।
एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सडक विभागले साउन १८ गते वेलिवृजका सबै सामानहरु योजना स्थलमा पु–याएको थियो । तर काममा ढिलाइ भएको कारण त्यस क्षेत्रका वासीन्दाले पुल तयार भइ सवारी साधनद्वारा तातोपानी ,बाह्रविसे काठमाडौ र  काठमाडौ– तातोपानी आवत जावत गर्न अझै ९ महिना पर्खनु पर्ने अवस्था आएको छ ।