मानव बेचविखन विरुद्धको दिवस मनाइयो

मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाईएको  छ । हिजो सदरमुकाम चौतारामा महिला तथा बालबालिका कार्यालय र जिल्ला समन्वय समितिको आयोजनामा प्रभातफेरि कार्यक्रमको भएको छ  ।

प्रभातफेरिमा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा प्रमुखको सहभागिता रहेको थियो । जनता बैकबाट सुरु भई टुडिखेलमा टुंगिएको प्रभातफेरिलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी असमान तामाङले  एकजनाको पहलमा मात्र मानव बेचविखन रोक्न नसकिने बताउनुभयो । यसको लागि सबै सरोकारवाला निकायहरु लागिपरे मात्रै यसमा न्युनिकरण आउने तामाङले बताउनुभयो ।
मानव बेचविखन झट्ट हेर्दा रोकिए जस्तो देखिए पनि यसको स्वरूप फेरिएको छ । अहिले पनि खाडी मुलुक लगायत विभिन्न देशमा महिलाहरु बेचविखन भईरहेका छन् ।
हिजो देशभर मानव बेचविखन विरुद्ध ११ औ दिवस मनाईएको थियो । २०६४ बाट यो दिवस मनाउन थालिएको  हो ।

,