मर्मत प्रशिक्षण शुरु

मोबाइल मर्मत प्रशिक्षण चौतारामा शुरु भएको छ ।
सामुदायक विकास तथा वातावरण संरक्षण मञ्चले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कान्तिपुर कम्युनिटी हेल्थ सर्भिसको विशेष सहजीकरणमा  भाद्र १६ गतेदेखी तीन महिने प्लम्बिङ प्रशिक्षण समेत शुरु गरेको छ ।
जिल्लाका बिभिन्न गाउँ तथा नगरपालिकाको गरी प्लम्वर प्रशिक्षणमा २० र मोवाइल मर्मतमा ४० गरी जम्मा ६० जना को सहभागीता रहेको छ ।
होटल गौरीशंकरमा भइरहेको उक्त प्रशिक्षण कार्यक्रमा प्लम्बर तर्फ कान्तिपुर कम्युनिटी हेल्थ सर्भिसका अरुणकुमार गिरी रणबहादुर सिटौला, सम्झना श्रेष्ठ र श्रृजना लुइटेल लगाएतले दिइ रहनु भएको छ भने मोबाइल मर्मत तर्फ प्राविधिक शिक्षालय सानोठिमी भक्तपुरकी  रशिला शाही र प्रबिधिक शिक्षालय भेरी नेपालगञ्जका बद्रीप्रसाद न्यौपाने लगाएतले प्रशिक्षण दिइरहनु भएको छ ।