ऐतीहासिक व्यक्तित्व सिन्धुपाल्चोकमा

नेपालको इतिहासमा पहिलो पटक जगतगुरु बन्नुभएका महाराज हिजो सिन्धुपाल्चोक आउनुभएको छ ।
जिल्लाको धार्मिक नदीनाला खोला मन्दिरहरुको पहिचानका साथमा नेपालको पहिचानका लागि आफूले समयको सदुपयोग गरेको बताउँदै त्यसैका लागि उहाँ जिल्ला आउँनुभएको उहाँ निकट श्रोतले बताएको छ ।  पुर्व पश्चिम महाअभियानमा लाग्नुभएका महाराज जगत गुरु बाल सन्त मोहनशरण देवाचार्य माहाराजले बेद पुराणमा नेपालको भुभागमा रहेका एतीहासिक तिर्थ स्थल, नदी खोलाहरुको नाम पनि विभिन्न प्रकारले व्याख्या गरेर भारतको भन्ने लेखिएकोमा त्यसमा सत्यता के हो सप्रमाण सहित  छलफल गरेर कुन नाम कहाँबाट उत्पन्न भयो नेपाललाई कसरी ऐतिहासिक राष्ट्र बनाउन सकिन्छ भनेर यसको अनुसन्धानमा लागेको महाराजा देबचार्यले बताउनुभयो ।

उहाँले १२ ज्योती लिगं नेपालमा रहेको केदारनाथ नेपालमै रहेको महाकालेश्वरी ज्योती लिगं नेपालमै रहेको बताउँदै मनोसरोवर पनि नेपालको सिन्धुपाल्चोकको मेलम्चीमा रहेको  प्रमाण आपूmले पाएको बताउँनुभयो । सिन्धुपाल्चोक दैबी शक्तीकारुपमा रहेको जिल्ला भएको बताउँदै आफूले यस जिल्लाका  बिभिन्न स्थानमा रहेको ऐतिहासिक स्थलहरुलाई संकलन गरेर कुन स्थान कहाँ पर्छ भन्ने बारेमा आफूले सार्बजैनिकीकरण गर्ने र यसलाई धर्म ग्रन्थहरुमा समेत समावेश गराउने योजना रहेको समेत देवाचार्यले बताउनुभयो ।
२०६७ बैशाख १ गतेका दिन काशी पण्डीत सभा र काशी विद्दत परिषदको सयुक्त आयोजनामा नेपाल सरकारको उपस्थितिमा उहाँलाई नेपाल कै ऐतिहासिक जगद गुरुका रुपमा अभिषेक गराइएको थियो  । यस अवसरमा राष्ट्रिय सम्मानका लागि तत्कालिन संस्कृत मन्त्री मिनेन्द्र रिजाल सहितको टोलीको सहभागीता रहेको थियो । खास गरिकन  नेपालमा कुम्भ मेला लगाउन नपाइने, कुम्भ मेला लगाउन कुनै शास्त्रीय प्रमाण नभएको  नेपालमा  कुण्ड मेला लगाउदा शास्त्र बिरुद्द  हुने भन्ने भनाइलाई शास्त्रीय प्रमाण जुटाएर असत्यता सावित गराइ नेपालको पहिचानका लागि नेपालमा मै कुम्भ मेला लगाउन पाउने आधार खडा गर्न सफल व्यक्ति जगद गुरु बालशन्त महोन शरण देवाचार्यले हिजै बाह्रबिसेमा समेत गइ सिन्धुपाल्चोकका ऐतिहासिक स्थलहरुको जानकारी समेत लिनु भएको छ । २०६७ बैशाखमा अभिषेक ग्रहण गर्नु भएपछि राष्ट्रिय सम्मानका साथ नेपाल प्रवेश गराइएका जगद गुरुका रुपमा बसन्त माहाराजा मात्र नभएर सिङ्गो नेपाल जगद गुरु भएकोमा नेपालले खुशी समेत व्यक्त गरेको अवस्थामा २०७२ बैशाख ५ गतेबाट ७५ वटै जिल्लामा पदयात्राको समेत प्रारम्भ गरिसक्नु भएको छ ।
प्रत्येक नागरिकसँग रु १ वा सो भन्दा जति बढी सकेको सहयोग लिएर बिस करोड रुपैंया बराबर लगानी गरेर नेपाल आमाको विशाल मुर्ती निर्माण गर्ने अभियानमा  यात्रामा निस्किनु भएका महाराजाले यसरी नेपालका स्तम्भहरुको खोजी गरेर नेपाललाई विश्व सामु चिनाउने काम गर्न लाग्नु भएकोमा यस अभियानलाई सबैले सहयोग पु¥याउनु पर्ने कृष्णबहादुर ठकुरीले बताउनुभयो ।
जगदगुरु बाल सन्त मोहन शरण देवाचार्य माहाराश्रीबाट मल्लीकार्जुन ज्योती लिगं समेत नेपालको दार्चुला जिल्लामा रहेको स्पस्ट पार्दै यस्ता ऐतीहासिक स्थानहरु धेरै नेपालमा रहेको बताउनु भएको  समेत अभियानकर्ताहरुले बताएका छन् ।