शुल्कको विरुद्धमा विद्यार्थी आन्दोलित

जिल्लाकै सबैभन्दा जेष्ठ विद्यालय श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालयको गतिविधिलाई लिएर असन्तुष्ट हुँदै आन्दोलित भएका छन् । विद्यालयले विद्यार्थीसंग पुस्तकालय शुल्क लिएर पुस्तकालय हालसम्म स्थापना नगरेको तथा विद्यार्थीसंग चर्को शुल्क उठाएको भन्दै उनीहरुले सो शुल्कको विषयलाई लिएर जिल्ला शिक्षा कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा समेत हिजो ध्यानाकर्षन पत्र बुझाएका छन् ।
नेपालको संविधान २०७२ ले माध्यमिक शिक्षालाई निःशुल्क घोषणा गरेको र शिक्षा ऐनको आठौं संशोधनवाट कक्षा १ देखि ८ सम्मलाई आधारभूत तह र कक्षा ९ देखि १२ सम्मलाई माध्मिक तहमा समाहित गरेको अवस्थामा संविधानको कार्यान्वयन गर्नु सबैको दायित्व भएको उनीहरुले धारणा राखेका छन् । नेपाल विद्यार्थी संघले नेतृत्व गरेको आन्दोलनमा अखिल क्रान्तिकारीले समेत ऐक्यवद्धता जनाएको छ ।

ध्यानाकर्षण पत्र बुझाउनु पर्ने कारणको सम्बन्धमा प्रकाश पार्न लोकप्रिय दैनिक समाचारले राखेको प्रश्नको जवाफ्m दिदै ने.वि.संघ इकाईको उप–सभापति निर्मल श्रेष्ठले भन्नुभयोे “विद्यार्थीहरुसँग विभिन्न बहानामा उठाएको शुल्क पुर्णरुपमा संविधानको भावना विपरित छ र संविधानको पालना होस् भन्ने हेतुले हामीले ध्यानाकार्षण पत्र बुझाएका हौं ।” त्यस्तै अखिल क्रान्तिकारीका अध्यक्ष उमेश तामाङले विद्यालयले शुल्क नघटाएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।
विद्यार्थीहरुले पटक–पटक शुल्क घटाउन गरेको अनुरोधलाई विद्यालय प्रशासनले बेवास्ता गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । आफ्नो माग पुरा गराउन विद्यालयका प्राचार्यज्युलाई गरिएको अनुरोधलाई वेवास्ता गरिएको कारण आफ्mूहरु समस्या समाधानका लागि प्रयास गरिदिनहुन अनुरोध गर्न अन्य निकायसम्म पुग्न परेको विद्यार्थीहरुले बताएका छन् ।  

,