नैतिकता र कर्तव्य बोधको खडेरी परेको छ ः मन्त्री बस्नेत

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पछिल्लो समय नैतिकता र कर्तव्य बोध गर्नेको खडेरी परेको बताउनुभएको छ ।
प्रो जीतेन्द्रध्वज खाँडले लेख्नुभएको ‘सुप्रिम गड’ नामक पुस्तकको लोकार्पण गर्दै उहाँले भन्नुभयो, ‘मुलुकलाई अगाडि बढाउन नैतिकवान् मानिस चाहिन्छ । हामीलाई सत्मार्गमा हिँड्न धर्मले सिकाउँछ । त्यसका लागि यो पुस्तकले मद्दत गर्ने विश्वास लिएको छु ।’
राजनीतिक अस्थिरता र संक्रमणकालले धेरैलाई गलत बाटोमा डो¥याएको र उनीहरुलाई सही बाटोमा ल्याउन आवश्यक भएको उहाँको भनाइ थियो ।
ओम् श्री त्रिकुटा गुरुधारा नेपालका गुरु त्रिकुटानन्दले मानिसमा धैर्यता कम हुँदै गएको बताउनुभयो । प्रो खाँडद्वारा लिखित उक्त पुस्तकमा सर्वोच्च भगवान् भन्ने के हो भन्ने कुरालाई विस्तृत रुपमा वर्णन गरिएको छ ।


,