रेडक्रसको सञ्चार तालिम शुरु

हिजोदेखि चौतारामा सञ्चार तालिमशुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखा भूकम्प प्रतिकार्य कार्यक्रमले तालिमको आयोजना गरेको हो ।
नेपाल रेडक्रस सोसाइटीको सञ्चार नीति र रणनीतिको बारेमा जानकारी दिने, समाचार, सफलताका कथा र घटना अभ्यास लेखन सीप प्रदान गर्ने, फोटोग्राफी, सामाजिक सञ्जाल र यसको व्यवस्थापन आदि विषयमा जानकारी दिने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्लाशाखाका सभापति राजेन्द्रमान ताल्चाभँडेलले रेडक्रसका गतिविधिहरुलाई समुदायको आवश्यकता अनुरुप सञ्चालन गर्न सञ्चारले ठूलो भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

शाखाका मन्त्री कमलचरण कक्षपतिले सञ्चारले अहिले विश्वलाई नै एउटा गाउँको रुपमा विकास गरेको बताउँदै तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरुलाई अनुरोध गर्नुभयो ।
जिल्ला कार्यक्रम संयोजक अनिरुद्र न्यौपानेले तालिम पश्चात् समुदायमा कार्यक्रमले पारेको प्रभावको बारेमाअन्य समुदायलाई पनि उत्प्रेरणा मिल्ने खालका कथाहरु, समाचारहरु लेखेर सहभागीले प्रभावकारी सञ्चार गर्न सक्ने विश्वास व्यक्तगर्नु भयो । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालयका सञ्चार अधिकृत पुष्पा खनालले सञ्चार तालिमको उद्धेश्य र नेपाल रेडक्रसको सञ्चार नीतिका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभयो ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलान्चोक जिल्ला शाखाका भूकम्प प्रतिकार्य कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक हरि सुवेदीको समेत उपस्थिति रहेको थियो ।
तालिममा नेरेसो केन्द्रकानरेन्द्र श्रेष्ठ, पुष्पाखनाल र रेडियो कान्तिपुरका पत्रकार शुभराज अधिकारीले सहजीकरण गरिरहनु भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्लाशाखा भूकम्प प्रतिकार्य कार्यक्रममा कार्यरत ३० जना कर्मचारीहरुको सहभागिता रहेको छ ।

,