कक्षपतीहरुको अक्षयकोष स्थापना

कक्षपती बन्धुहरुले आफनो  हकहितका लागि  एक  बृहत भेलाले  एक  कक्षपती समाज गठन गरेको छ । बिभिन्न जातजाती भाषाभाषी रहेका हाम्रो देशमा २०५८ सालमा १३  सदस्यीय कक्षपती परिवार समिति गठन गरेको थियो ।
शुरुमा १३  सदस्यीय कार्यसमितीको गठन भएको भएपनि पछि कार्य समितिको आकार घटाई ११ सदस्यीय कार्य समितिको  व्यवस्था गरेर कार्य शुरुवात गरिएको उक्त समितिले भौखेल स्थित कुलदेवता स्थलमा पहिलो चरणमा मन्दिर तथा पाटी निर्माण  समेत गरेको छ ।
यसरी आफ्नो संस्थाले काममा निरन्तरता दिँदै जाँदा  विधिवत रुपमा कक्षपती समाज दर्ता भएपछि विधान अनुरुप सबै सदस्यहरुलाई यथावत राखी थप ४ सदस्य समेत गरि जम्मा १५ जना सदस्यको कार्य समति गठन प्रकृयाबाट काम गर्न शुरु गरिएको यससस्ंथाले  निर्माणधिन मन्दिर तथा पाटीको निर्माण कार्य सम्पन्न गरी रंगरोगन समेत गरेर कुलदेवताको मन्दिर तथा पाटीलाई मूर्त रुपसमेत दिएको  संस्थाका कोषाध्यक्ष गजेन्द्र कक्षपतीले जानकारी गराउनु भएको छ ।
बिधीवत रुपमा दर्ता भइ काम कार्य गरिरहेको समाजले २०७४ साल भाद्र २४ गते आफ्नो साधरण सभा समेत सम्पन्न गरेको छ ।  महाकाली मन्दिर, भोलाछें, भक्तपुरमा  भएको साधरण सभाले कक्षपती समाजको साधरण सभाले एक वर्षको कार्य निती, पाँच लाखको अक्षय कोष बनाउने लक्ष्य तथा झौखेलमा नै बृद्धाश्रम निर्माणको निती तय गरेको छ ।
साथै विष्णुहरी कक्षपतीको अध्यक्षतामा नयाँ  कार्य समति गठन समेत गरेको छ । जसमा नर्वतमान अध्यक्ष ज्ञानेश्वर कक्षपती उपाध्यक्ष अनुपलाल कक्षपती सचिव  दिनेश कक्षपती सह–सचिव  श्याम कक्षपती कोषाध्यक्ष गजेन्द प्रसाद कक्षपती सह–कोषाध्यक्ष उमाचरण कक्षपती रहनु भएको छ ।
त्यसैगरी सदस्यहरु ः पुष्पलाल, हरिगोपाल, चैतन्यसागर, यज्ञप्रसाद, बालगोपाल, श्रीकृष्ण र राजेश कक्षपती रहनुभएको छ भने साथै यस नयाँ कार्यसमितिले निर्वतमान उपाध्यक्ष विष्णु प्रसाद कक्षपती निर्वतमान सदस्यहरु सुर्यभक्त, श्रवण कुमार कक्षपती तथा मध्यपुर ठिमी निवासी सुरेन्द्र प्रसाद कक्षपती  रहनु भएको सल्लाहाकार समिती समेत गठन गरिएको  कोषध्यक्ष गजेन्द्र कक्षपतीले जानकारी गराउनुभयो ।