जेष्ठ नागरिक आरामस्थल उद्घाटन

नेपाली आमाले लगाउने गुन्युचोलो हेर्न अमेरीका जान पर्ने भयो । आम नेपालीले मानी आएको धर्मलार्ई विभिन्न प्रकारले परिबर्तन गर्ने र संस्कार र संस्कृतीलाई नमान्दा भुकम्पले क्षती गरायो भन्ने तर्कसहित जेष्ठ नागरिकहरुले परम्परागत भजन गाएर बुढ्यौली आराम स्थलको उद्घाटन गरिएको छ ।
उद्घाटनमा सहभागी जेष्ठ नागरिकहरुले धर्म संस्कृती परम्परा तोडेकामा चिन्ता व्यक्त गर्दै यसको फलस्वरुप भुकम्पले धेरै जनधनको क्षती भएको र अझै ठूल्ठूला विपत्ती आउन सक्ने  भजन मार्फत उपस्थितलाई बताएका थिए । उनीहरुले आगामी दिनमा पनी संस्कार संस्कृतीलाई बिर्सेर काम गर्न नहुनेसमेत बताएका थिए । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ मा निर्मित आरामस्थलको उद्घाटन गर्दै नगर प्रमुख अमानसिह तामाङले अबका छोरा नातीले हामीलाई पाल्दैनन् त्यस कारण आफ्नो सुरक्षाको लागि पनि जेष्ठ नागरिक भवनको आवश्यकता रहेकोे आराम स्थल मात्र होइन जेष्ठ नागरिक भवनसमेत निर्माण गर्नपर्ने बताउनु भयो ।
उहाँले आफूलाई निर्वाचन जिताउन ठुलोसिरुवारीका जेष्ठ नागरिकहरुले सहयोग गरेको बताउँदै बुढ्यौली आरामस्थलका लागि शौचालयको व्यवस्था आफूले मिलाईदिने बताउनु भयो । वडा नं ५ का वडा अध्यक्ष नरमान श्रेष्ठले आफूले नगरपालिका तथा आफ्नो वडाबाट हुने सबै काममा जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
१३ नं वडाका वडाअध्यक्ष रामप्रसाद गौतमले आपूmले वडाअध्यक्ष रहँदाका बखत पाउने परिश्रमिक जेष्ठ नागरिक, अपाङ्ग, र वालवालिकाको लागि दामासाहीमा खर्च गर्ने बताउनुभयो । उहाँले बिरोधका नाममा बिरोध गर्नु भन्दा पनि काम गरेर देखाउन पर्ने बताउनुभयो ।
कार्यक्रममा मानव सेवा संस्थाकी केन्द्रीय अध्यक्ष शान्ता क्षेत्री, श्वेयता फाउण्डेशनका यज्ञ कार्की, टुकी संघकी रेणुका खड्का, नेत्रज्योती कृषी सहकारी संस्थाका कोषाध्यक्ष तथा हेल्पका जर्मनका कर्मचारी होमनाथ चौलागाई लगाएतका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । वडा नं १३ साविक ठुलोसिरुवारी गाविसको जेष्ठ नागरिकको लागि छुट्याइएको बजेट र स्थानीय समाजसेवी तथा त्यहाँ कार्यरत संघसंस्थाका व्यक्तिहरुको सहयोगमा तथा तत्कालनि टुकी संघका कर्मचारी तथा हाल श्वेता फाउण्डेशनका यज्ञ कार्कीको बिषेस पहलमा उक्त आराम स्थल निर्माण गरिएको हो ।
आरम स्थल पश्चात जेष्ठ नागरिक अक्षयकोषको समेत निर्माण गर्न कार्कीले शुरु गर्नूभएको अभियानलाई  लोकप्रिय समाचार दैनिक, नेत्रज्योती कृषि सहकारी संस्था लि., सिन्धुज्वाला साप्ताहिक जस्ता समाजिक संस्थाहरुले समेत आर्थिक सहयोग गरेका छन् ।
स्थानीय जेष्ठ नागकिहरुले आफैपनि हजार पाँच सय जति सकेको रकम जम्मा गरिरहेका छन् भने ३५००० भन्दा बढी आर्थिक संकलन भइसकेको नेत्रज्योती कृषि सहकारी संस्थाकी कार्यसमितीसदस्य एवम् अभियानकर्ता रेणुका खड्काले बताउनु भएको छ ।
आरम स्थल उद्दघाटनको अवसरमा नगरपालिकाबाट आयोजित जनतासंग डाक्टर कार्यक्रम अन्तरगत निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो । जेष्ठ नागरिक सञ्जालका अध्यक्ष दलबहादुर श्रेष्ठको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा सामजिक परिचालिका जयालक्ष्मी श्रेष्ठले आफूले शुरु गरेको अभियानका कारण यो कार्य सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा निर्वाचित पदाधिकारीहरुले गर्ने यस्ता कामलाई निरन्तर रुपमा सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । शनिवार ठुलोसिरुवारीमा भएको कार्यक्रम जेष्ठ नागरिकको तर्फबाट शिव केसीले सञ्चालन गर्नुभएको थियो ।


,