पानी लिन जाने १ घण्टा समय ट¥यो, अब तरकारी फलाउँछु– अधिकारी

थानेश्वर पोखरेल/मेलम्ची-
“पानी लिन जान नै १ घण्टा लाग्थ्यो अहिले घर घरै आएको छ” मेलम्ची १०, रामपुरकी कि अम्बिका अधिकारी भन्छिन, “त्यो समय बचत भएको छ अब तरकारी लगाउछु” । नेपाल रेडक्रस सोसाईटीले गरेको खानेपानी आयोजना हस्तान्तरण कार्यक्रममा सहभागी अधिकारीले यस्तो भनेकी हुन् ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाद्धारा सञ्चालित भूकम्पप्रति कार्य कार्यक्रम अन्तर्गत मेलम्ची १० मा कुल ११ लाख ५७ हजार ४ सय ५९ रुपैयामा सम्पन्न भएको पैरावारी पैरापारी खानेपानी आयोजना एक कार्यक्रमका विच उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।
जसमा रेडक्रस बाट ९ लाख७८ हजार  र समुदायबाट १ लाख ६५ हजारको लागतमा योजना सम्पन्नभएको खानेपानी सरसफाई तथा स्वच्छता अधिकृत सुजन रेग्मीले बताउनु भयो ।
हस्तान्तरण समारोहमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य एवं विपद् तथा संकट व्यवस्थापन समितिका सभापति मनोज कुमार थापाले रेडक्रस विशेष गरेर विपतको क्षेत्रमाकाम गर्ने संस्था भएको तर भूकम्मपश्चात रेडक्रसले अन्य क्षेत्रमा समेत कामथालेको धारणा व्यक्तभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका थापाले समुदायले थालनी गरेको काममा रेडक्रसले सहयोगीको भुमिका निर्बाह गरेको र रेडक्रस ले समुदायकै अगुवाइमा सहजकर्ताको भूमिका निर्वाह गर्ने उल्लेख गर्नु भयो ।
मेलम्ची नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष भक्तबहादुर खड्काको उपस्थितिमा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाको सभापति राजेन्द्रमान ताल्चाभँडेल र पैरावरी पैरापारी खानेपानी आयोजना उपभोतmा समितिका अध्यक्ष सुभास अधिकारीले हस्तातरण नोटमा हस्ताक्षर गर्नु भएको थियो । सो समारोहमा बोल्दै शाखाको सभापति ताल्चाभँडेले खानेपानी हस्तान्तरण पछि यसको सहि सदुपयोग र सम्र्बद्धन गर्न उपभोतmा समितिलाई अग्रहगर्नु भएको थियो ।
कार्यक्रममा नर्वेजियन रेडक्रसका प्रतिनिधि नाजर रहेमान लगाएत विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिति थियो ।
यसै विचहिजै एक कायक्रमको आयोजना गरी भुमेस्थान आधारभुत विद्यालयलाई पाँच कोठे शौचालय समेत हस्तान्तरण गरिएको छ ।