खानेपानी आयोजना हस्तान्तरण

थानेश्वर पोखरेल\नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले एक कार्यक्रमका बीच इन्द्रावति गाउँपालिका–५ बाँडेगाउँमा सुर्यकोट बेशी (चप्लेटी) खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाद्धारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत इन्द्रावति गाउँपालिका– ५ बाँडेगाउँमा कुल १६ लाख ३२ हजार ३७ रुपैयामा सम्पन्न भएको हो । जसमा रेडक्रसबाट १२ लाख १४ हजार ८०९ र समुदायबाट ४ लाख १७ हजार २२८ बराबरको जन श्रमदान लागतमा योजना सम्पन्न भएको र उक्त आयोजनाबाट ४२ घरधुरीका २१४ जना लाभान्वित हुने खानेपानी सरसफाई तथा स्वच्छता अधिकृत सुजन रेग्मीले बताउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथि एवम् इन्द्रावति गाउँपालिका अध्यक्ष वंशलाल तामाङले भुकम्पपछि भौतिक संरचना मात्रै नष्ट नभएर मानिसको मनस्थिति नै क्षतविक्षत भएको अवस्थमा रेडक्रसले तिनै घाउहरुमा मलपट्टि लगाउँदै सम्पन्न गरेको खानेपानी आयोजना समुदयलाई नासोको रुपमा हस्तान्तरण गरेको बताउनुभयो । उक्त समारोहमा खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका डिभिजन प्रमुख लक्ष्मीप्रसाद उपाध्यायले खानेपानी बहुआयामिक विकास भएकोले यसले आर्थिक उपार्जनमा समेत योगदान पु्¥याउने हुनाले यसलाई संरक्षण गर्न आग्रह गर्नुभएको थियो ।
सो समारोहमा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाको सभापति राजेन्द्रमान ताल्चाभँडेल र सुर्यकोट बेशी (चप्लेटी) खानेपानी आयोजना उपभोतmा समितिका अध्यक्ष दिनेश खरेलले हस्तातरण नोटमा हस्ताक्षर गर्नु भएको थियो । उक्त समारोहमा बोल्दै शाखाको सभापति ताल्चाभँडेले खानेपानी हस्तान्तरण पछि यसको सहि सदुपयोग र सम्र्बद्धन गर्न उपभोक्ता समितिलाई अग्रह गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका मन्त्री कमलचरण कक्षपति, सिन्धुपाल्चोक जिल्ला शाखाका कर्मचारीहरु नर्वेजियन रेडक्रसका प्रतिनिधि नाजर रहेमान लगाएत विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिति थियो ।

,