बाटोको विवाद समधान हुने

सिन्धुपाल्चोक जिल्ला सदरमुकामसम्म जाने बाटोको विवाद समधान हुने भएको छ । नेपाल सरकारले सडकको मापदण्डका बारेमा जनतालाई सुकुम्वासी बनाउने  मापदण्ड लागु गरेको भन्दै बन्देउ चौतारा सडक सघर्ष समिति समेत निर्माण गरेर आन्दोलन गरिरहेका जग्गाधनीहरुको समस्या समधानका लागि चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख अमानसिं तामाङको पहलमा उहाँकै सक्रियतामा हिजो सर्वदलिय बैठक बसेको थियो ।
हिजो बसेको सर्वदलिय बैठकले बन्देउ चौतारा सडकको हकमा ३० मिटरको मापदण्डका कारण वास्तवमा नागरिकहरु समस्यामा पर्ने भन्दै नगरपालिकाले सर्बदलिय बैठक बोलाएको हो ।
हिजोको सर्वदलिय बैठकले जम्मा २० मिटर मात्र कायम गर्न नगरपालिकालार्र्ई सुझाव दिएका छन् । २०३१ सालमा राजपत्रमा प्रकाशित सूचनालार्र्ई आधार मानेर सरकारले २०७० सालमा जग्गा किनबेच तथा बैक धितोमा रोक लगाएपछि विवाद शुरु भएको थियो । साँगाचोकका बिष्णुलाल श्रेष्ठको अध्यक्षतामा संयुक्त सघंर्ष समिति समेत गठन गरी आन्दोलन गरेका कारण किनबेचमा फुकुवा भएको थियो । स्थानीय निर्वाचन भएपछि निर्वाचित पदाधिकारीहरुले समेत यसलार्र्ई निश्चत मापदण्ड तयार गर्नका लागि सर्वदलिय बैठकबाट निर्णय गराई नगरसभाबाट अनुमोदन गरेर लागु गर्नका लागि सर्वदलिय बैठकबाट निर्णय गरिएको हो ।
नगर प्रमुख अमानसिं तामाङले निर्वाचित जनप्रतिनिधिले सबैको सरोकारवाला काममा सबै दललार्र्ई सहभागी गराएर सबैको भावना समेटेर गरिएको काम स्थाइ र दीर्घकालिन हुने भएकोले सबैको सरोकार विषयमा सर्वदलिय बैठक बसेर काम गर्दा राम्रो हुने देखेर बैठक बोलार्र्ईएको बताउनुभयो ।
यस सम्बन्धमा संघर्ष समितिका अध्यक्ष विष्णुलाल श्रेष्ठले यसरी सर्वदलिय बैठक बोलाएर सर्वदलिय सहमती अनुसार गरेको काममा आफूहरु वाधक नरहने तर जति छोड्नुपर्ने हो त्यसको मुआब्जा भनेदिन पर्ने बिना मुआब्जा जग्गा अधिकरण गर्न नदिने समेत बताउनुभयो ।