कम्युनिष्टको विरुद्धमा लोकतान्त्रिक शक्ति लाग्नुपर्नेः श्रेष्ठ

नेपाल विद्यार्थी संघ क्षेत्र नं. १ को आयोजनामा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा आगामी निर्वाचन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा हाल सिमाकान गरीएको क्षेत्र भरीका क्याम्पस र्ईकाइ समितिका पदाधिकारी र स्ववियु सभापति र पदाधिकारीहरु र ने.वि.सघ अगुवा कार्यकर्ता तथा नेताहरुको उपस्थितिमा शुभकामना तथा निर्वाचन सम्वन्धी छलफल गरीएको थियो । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि नेपाल विद्यार्थी सघंका जिल्ला उपसभापति नविन श्रेष्ठले कम्युनिष्टहरुको विरुद्धमा लोकतान्त्रिक शक्ति लाग्नुपर्ने  बताउनुभएको छ । उहाँले मुलुकको पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउनका लागि आगामी चुनावमा सबै विद्यार्थीलाई सक्रिय भएर लाग्न अनुरोध गर्नुभएको छ ।
उहाँले लोकतन्त्रको स्थापनासँगै विभिन्न परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको काँग्रेसको नेतृत्व मुलुकलाई आवश्यक परेको उल्लेख गर्नुभयो । उहाँले आउँदो निर्वाचनमा विद्यार्थीलाई सशक्त ढङ्गले परिचालन गर्ने समेत बताउनुभयो ।
कार्यक्रमका सभापति हेमन्त श्रेष्ठले बाम एकताले कांगे्रसलाई कुनै असर नपर्ने र यसको आकार मात्र ठुलो हो निर्वाचनमा त्यो आकार सानो हुने र चुनाव पछि त्यो आकार झन खुम्चीने भनाई राख्नुभयो । उहाँले वामएकताको जनमत नभइ यो देशलाई लुटन र देशलाई पछाडि पार्ने सयन्त्रको एकता भएको र कसैले पनि आकारलाई देखेर आतिनु पर्ने र रमाउनु पर्ने कुनै कारण नभएको बताउनुभयो । उहाँले दिपावलीले सवै जनतालार्ई धनकि देवि लक्ष्मीले देशको आर्थिक विकास गर्ने जिम्मा दिन आगामी निर्वाचन कांग्रेसले जिताउने वर प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।
कार्यक्रमा विशेष अतिथिद्वय बाह्रविसे नगरपालिकाका वडा नं. ३ र ४ का अध्यक्ष टेक व. भण्डारी, ज्ञानेन्द्र प्रसाद श्रेष्ठ र अतिथिहरु नेका नेता युधिर पौडेल, नेवि सघं जिल्ला सदस्य तेज ब.वस्नेत (सन्तोष)र रमेश थापा, ककलिङ क्याम्पस स्ववियु सभापति विमल योञ्जन र कोषाध्यक्ष मुना खडका लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो थियो भने स्वागत मन्तव्य क्षेत्रीय सचिव विमला भण्डारीले राख्नुभएको थियो ।
कार्यक्रममा सबै नेताहरुले आगामी निर्वाचनमा नेवि संघको भुमिका ठुलो रहेको हाम्रो जिम्मेवारीमा अगारार्थ जितको लागि अभियान चलाउनु पर्ने जिम्मेवारी काूधमा आएको हुनाले सर्वैले आपmनो क्षेत्रवाट अगाडी बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रमा नेवि संघ क्षेत्रिय उपसभापति भवेश श्रेष्ठका भाई भुवन श्रेष्ठको विगत ९ महिनादेखि ब्लड क्यान्सरको उपचार भइरहेकोले उहाँको लागि नेवि संघ जिल्ला उपसभापति नविन श्रेष्ठबाट रु १०,०००।–, नेवि संघ क्षेत्रिय समितिको सभापति हेमन्त श्रेष्ठले नगद सहयोग रु १०,०००।– , सुनकोशी क्याम्पस नेवि संघ लामोसाँघुबाट रु ३५००।– र ककलिङ क्याम्पस ठुलोपाखरबाट रु २५,००।– सहयोग गरिएको छ ।

,