मुख्य दलले ग¥यो उम्मेद्वार सिफारिस

आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनकोे लागि सिन्धुपाल्चोक जिल्लाबाट मुख्य दलले नाम सिफारिस गरेका छन् । एमाले–माओवादी केन्द्रले चुनावी तालमेल र पार्टी एकतासम्म गर्ने घोषणा गरेपनि आ–आफ्नोतर्फबाट उम्मेदवार सिफारिस गरेका छन् ।
प्रतिनिधि सभा १ अन्र्तगत कांग्रेसले सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, एमालेबाट अरुण नेपाल र माओवादी केन्द्रको तर्फबाट अग्निप्रसाद सापकोटा, राजकुमार श्रेष्ठ र सरल सहयात्री पौडेलको नाम सिफारिस गरेको छ । 


यस्तै, प्रतिनिधि सभा २ बाट कांग्रेसबाट जिल्ला सभापति विकास लामा, तारानाथ दाहाल, आइतमान तामाङ, झलक नेपाल, श्री लामा, छिरीङ हेल्मो, एमालेबाट शेरबहादुर तामाङ, माओवादी केन्द्रबाट दावा तामाङ र राप्रपाबाट पशुपति शम्सेर राणाको नाम सिफारीस गरेको जनाईएको छ ।
प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा कांग्रेसबाट भुपेन्द्रबहादुर थापा, बालकृष्ण बस्नेत, विष्णु खत्री, भोला बोहरा, बलदेव तिमल्सिना एमालेबाट सरेश नेपाल, अमृत खड्का, शम्सेर शाक्य र धर्मराज भण्डारी, माओवादी केन्द्रबाट लालकान्छा तामाङ अरुणको नाम सिफारीस भएको छ ।  प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा २ कांग्रेसबाट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ट हिमाल श्रेष्ठ, कृष्ण न्यौपाने, जंगबहादुर तामा राजेन्द्र श्रेष्ठ एमालेबाट सरेश नेपाल, टपेन्द्र तिमल्सिना, यज्ञ सापकोटा, तेजबहादुर थापा र नवराज पौडेलको नाम पठाएको छ ।
माओवादी केन्द्रबाट माधव सापकोटा सुवोधको नाम पठाएको छ । माओवादी केन्द्र र एमालेबिचको तालमेलले गर्दा यस प्रदेशमा माओवादी केन्द्रका उमेदवार सापकोटा सिफारिस हुुने पक्का जस्तै देखिएको छ ।
प्रतिनिधिसभा २ अन्तर्गत प्रदेशसभा १ कांग्रेस टंक कार्की, विलबहादुर तामाङ विकास तामाङ, यज्ञ दंगाल, रुद्रलोचन आचार्य, तेजबहादुर बानियाँ, एमालेबाट सुभाष कर्माचार्य, इन्द्र नेपाल, माओवादी केन्द्र–युवराज दुलाल शरदको नाम पठाएको छ ।
प्रतिनिधिसभा २ अन्तर्गत प्रदेशसभा २ कांग्रेसबाट बद्री चौलागाई, ज्ञानबहादुर तामाङ, विन्दा घिताल, पासाङ दोङ, रमेश भण्डारी, सागर श्रेष्ठ, जिमी लामा, मधुसुदन सिग्देल एमालेबाट बालकृष्ण देउजा, मित्रलाल चौलागाइँ, धर्मकृष्ण श्रेष्ठ, माधव पाण्डे, उपेन्द्र तामाङ माओवादी केन्द्रबाट चन्द्रबहादुर थापाको नाम सिफारीस भएको छ ।
चुनावी तालमेल गर्ने घोषणा गरेको दुई दिनपछि एमालेले दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको हो । सिफारिसका क्रममा काँग्रेसभित्र विवाद रहेको स्रोतले जानकारी दियो । केन्द्रीय सदस्य माहेनबहादुर बस्नेत र जिल्ला सभापति विकास लामा पक्षधर नेताको सिफारिसमा विवाद भएको हो ।
हालै भएको नेकपा एमाले र माओवादी केन्द्रविच चुनावी तालमेल र चुनाव पश्चात् पार्टी एकता गर्ने निर्णय पश्चात् कुन सभामा कस्को सम्भावना कति छ । चुनावी बहस सुरु भईरहेको छ ।  नेकपा एमालले प्रतिनिधि सभा क्षेत्र नम्बर १ को उम्मेदवारको लागि पोलिटब्युरो सदस्य अरुण नेपालको नाम सिफारीस गरेको छ  । प्रतिनिधिसभा २ मा एमालेको केन्द्रिय सदस्य शेरबहादुर तामाङको नाम शिफारीस भएको छ ।
प्रतिनिधि सभाको क्षेत्र नं. १ को उम्मेदवारको लागि नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्नीप्रसाद सापकोटा र क्षेत्र नं. २ को लागि पोलिट्ब्युरो सदस्य एवम् पूर्व सभाषद् दावा तामाङ सिफारिस गरेको छ ।
प्रतिनिधि सभा १ अन्र्तगत माओवादीका उमेद्वार सापकोटाको सम्भावना बलियो देखिएको छ । भने नेकपा एमालेका उमेद्वार शेरबहादुर तामाङको सम्भावना राम्रोे छ । प्रतिनिधि सभा १ मा अग्नीप्रसाद  सापकोटा र २ मा शेरबहादुर तामाङको सम्भावना धेरै रहेका छ । प्रदेश सभामा पनि माओवादी केन्द्र र एमालेले २÷२ वटा बाड्ने सम्भावना बढ्दै गएको बिशेष स्रोतले बताएको छ ।