गिदाने सा.व.उ.स.को साधारण सभा सम्पन्न


 गिदाने सामुदायक बन उपोक्ता समितिको २० औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले रामचन्द्र चौहानको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सामुदायीक वन

उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर चौहानको सभापतित्वमा भएको साधारण सभाले विभिन्न निर्णयहरु गर्दै साधारण सभा सम्पन्न गरेको हो । १८२ घरधुरी सदस्य रहेको उक्त वन उपभोक्ता समितिले आगामी दिनहरुमा गरिने बार्षिक कार्ययोजना पारित गर्दे विभिन्न उप–समितिहरु समेत गठन गरिएको छ । समूहका उपाध्यक्ष तथा युवा समाजसेवी राजन बुढाथोकीले समाजमका रहेका सामाजिक व्यक्तित्वहरु मिलेर अगाडी बढ्न सक्यो भने आर्थिक विकासको लागि पनि सहजता हुने बताउँदै स्थानीय क्षत्रमा वन जंगल संरक्षणको आवश्यकता रहेकोले निर्वाचित कार्य समितिहरुलाई वन संरक्षणको लागि विशेष कार्यक्रम लिएर अगाडी बढ्न सकुन भन्ने शुभकामना सहित नव निर्वाचित पदाधिकारीहरुलाई बधाई समेत दिनुभएको छ । कार्यसमितिका सचिव देवीनाथ आचार्यले आफ्नो कार्यकालमा भएका कार्यहरुको बारेमा प्रष्टयाउदै आगामी दिनहरुमा पनि आफुहरुले नयाँ कार्य समितिलाई सहयोग प्र्याउने बताउनु भयो । कार्यक्रमका सभापति पदम बहादुर चौहान ले आफुनो कार्यकालमा भएका गतिविधिहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिएर वन संरक्षण मा लागी पर्न निर्वाचित पदाधिकारीहरुलाई अनुरोध गर्नु भयो । चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. ६ गिदानेमा भएको साधारण सभाले उपाध्यक्षमा जगत बहादुर तामाङ कोषध्यक्ष अस्मीता बुढाथोकी सचिव रामशरण उपाध्याय, सदस्यहरुमा पार्वती वि.क., राधा थापा, बल बहादुर वि.क., राजकुमार थापा, यसोदा आचार्य, विष्णु आचार्य, सुन्तली सार्की निर्विरोध निर्वाचित हुनु भएको छ । सोही साधारण सभाले नव निर्वाचित कार्य समितिबाट भए गरेका कामहरु तथा बन जंगल संरक्षण र व्यवस्थापनको लागि प्रभावकारी रुपमा अगाडी बढाउनको लागि खिल बहादुर  चौहानको संयोजकत्वमा जगत बहादुर थापा, पदम नाथ उपाध्याय, टंक बहादुर थापा र धन बहादुर चौहान रहेको पाँच सदस्यीय अनुगमन तथा सहजीकरण समिति समेत गठन गरिएको चन्द्र बहादुर खत्रीले बताउनु भयो ।

, ,