विरामी बचाउ“दै जनप्रतिनिधि


बुध्द घले
सिन्धुपाल्चोक –स्थानीय तह आएलगत्तै त्रिपुरासुन्दरी गाउ“पालिका धुस्कुनका गंम्भिर बिरामीले अकालमा ज्यान गुमाउन परेको छैन् । आर्थिक अभावमा पिल्सिरहेका धुस्कुनका २ का सानुकाजी बस्नेत स्वाइनफ्लु रोगले ग्रसित थिए । धुस्कुनका वडाध्यक्षको पहलमा विपद् व्यवस्थापन कोषबाट २० हजार र सहयोगी हातबाट मदत पाएपछि उहाँ फूर्तिला हुनु भएको छ ।

‘वडाध्यक्ष ज्यूको नेतृत्वमा अरुबाटपनि सहयोग पाएर आज बाचि“रहेको छु,’उनले शुकदेव रिसाललाई धन्यवाद् दिदै भने,‘ कोषबाट पाएको रकमबाट मलाई खुब हौसला मिल्यो ।’ उहाँले धुस्कुनमा पाएको मदतमा अरुले थप आर्थिक सहयोग गरेकाले आफू बाचेको सुनाउनुभयो ।
धुस्कुकै ७० वर्षिया मनमाया सापकोटा स्तन क्यान्सरले पीडित थिइन् । आर्थिक समस्या भोगिरहेकी उहालाई कोषमार्फत् नै सोही बराबरको २० हजार रकम हस्तान्तरण गरिएको वडाध्यक्ष रिसालले बताउनुभयो ।
धुस्कुनका रामबहादुर पहरी ब्रेन ट्युमरका बिरामी हुनुभएको थियो । उपचार अभावका भौतारिरहेका उनलाई वडाकै पहलमा कोषबाट २० हजार सहयोग प्राप्त भयो ।
त्रिपुरासुन्दरी गाउपालिकाअन्र्तगत दुर्गम धुस्कुनमा यस्ता दर्जनभन्दा बढी बिरामी स्थानीयले कोषको सहयोगबाट उपचार पाएका छन् । कोषले क्यान्सर, स्वाइन फ्लु र ब्रेनट्युमर लगायतका विभिन्न रोग भएका पीडितलाई गरी झण्डै एकलाख ४० हजार सहयोग भएको छ । ‘हालै विपद कोष राखेर २० पीडितलाई जनही २० हजार सहयोग गरिरहेका छौ,’वडाध्यक्ष रिसालले भन्नुभयो,‘ जनताको मदतको लागि यो कोषको रकम एकदमै कम भएको महसुस गरिरहेको छु ।’