चौसागढीको नगर सभा सम्पन्न।


नेत्र बहादुर बस्नेत
चौतारा साँगाचोकगढी नगरपालिकाको विशेष नगरसभा हिजो  सम्पन्न भएको छ । नगरप्रमूख अमानसिंह

तामाङको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले नगरको आचारसहिंता , कानुनी कार्यबिधी न्यायीक समितीले उजुरीको कार्बाही अगाडी अपनाइने कार्यबिधी आर्थिक कार्यविधि , एफएम रेडियो संचालन तथा व्यवस्थापन कार्यविधि ,सहकारी ऐन ,कृषि ब्यवस्थापनऐन,वजारअनुगमननिर्देशिका,नगरसभावाट पारित योजना तथा कार्यक्रम संसोधन तथा रकामान्तर, गरिएको छ।निजी जग्गाको ढुंगा खानी,स्लेट ढुंगा  उत्खनन् संकलन तथा निकासीको अनुमति तथा दररेट निर्माण गरि राजस्व संकलन सम्वन्धमा, स्काभेटर ब्यागलोडर प्रयोग गर्दा व्यवसाय दर्ता शुल्क निर्धारण गरिने विषयको प्रस्ताब पारित गरिएको छ । नगरसभाले नगरपालिकाको विभिन्न शिर्षकहरुमा वजेट रकमान्तर समेत गरेको छ । जस अनुसार प्रत्यक वडामा चिल्डेन पाक निर्माण नगरपालीकाको सबै भित्ता र घरहरुमा एउटै रगं प्रयोग गर्ने  नगरपालकिालाइ टुरिजमहवका रुपमा बिकाश गर्ने, नगरबसपार्क निर्माण , सुचना केन्द्र स्थपना 
अत्याधुनिक बसपार्क निर्माण डाँडामा पोखरी खेतबारीमा तरकारी भन्ने नारालाइ प्राथमिकतामा राखेर काम गर्न  लागीएको लगाएतका बजेटहरुलाइ रकमनान्तर गरिएको छ।   नगरप्रमूख तामाङले विषएगत शाखाका कार्यक्रम तथा नगरपालिकाको कार्यक्रमलाई पास गरेको निति नियमले सरल, सहज र जवाफदेहिता हुने कुरा व्यक्त गर्नुृभएको छ । उहाँले नगर बिकासका लागी रकम बिनीयोजन भन्दा पनी बिनीयोजित रकमको पारदर्शिता र आबश्यकताअनुसारको कामको  खाँचो रहेको बताउँनु भयो । उँहाले काम गर्दा यो मेरो यो तेरो नभनीकन सबैको हितका लागी काम गर्न पर्ने बिषयलाइ दोहोर्याउँदै जनमानसमा देखीने र उपलबधीमुलक कामको लागी सबै अग्रसर हुन पर्ने बताउँनु भयो ा आफनो कार्यकालमा चौतारा साँगाचोक गढी नगरपालकिालाइ नमुना नगरका  बिकाशका लागी  सबै वडाअध्यक्षहरु लागी पर्न पर्ने बताउँनु भयो । कार्यक्रममा चौतारा साँगाचोक गढी नगपालीकाका प्रमुख प्रशाशकिय अधिकृत इन्द्र बस्याल लगाएत नगर परिषदका सदस्यहरु वडाअध्यक्षहरु को उपस्थित्ी रहेकोथियो । नगरसभामा उपमेयर जानुका पराजुलीले कार्यपत्र प्रस्तुत गर्नू भएको थियो भने मैन बक्ती बालेर मेयर तामागंले सभाको उद्धघाटन गर्नू भएको  नगर पालीकासचिबालय का मिलन लामाले बताउँनु भयो ।तस्बिर मिलनलामा 

, , , ,