“शहिदहरु प्रति समर्पण छ”


 रबिन्द्र खड्का “संघर्ष”
ठेगानास् बलेफी गाँउपालिका – १, ९साविकको जलबिरे७ सिन्धुपाल्चोक

“शहिदहरु प्रति समर्पण छ यो मेरो छाती
हासी-हासी बलिदान दिने नेपालीहरु माथी”
“शहिद हजुरहरुले बलिदान नदिएको भए जन्जीरले बाँधिराखेको हुन्थे होला
कैयौ नेपालीहरुलाई निरंकुस शासन चलाउनेले रातो-रातो रगत पिउथे होला”

“शहिद हजुरहरुको देनले नेपाली भई बाच्न पाएको छु
स्वतन्त्र जीवन विताउन खोज्दै आज यहाँसम्म आएको छु”
“शहिद हजुरहरुले विरोध नगरेको भए आज मत दासी भएर बाच्ने थिए
गल्लीमा हिड्ने भुसिया कुकुर सरी बाटोमा भौतारिदै हिडिरहेको हुने थिए”

“शहिद हजुरहरुले नजोगाएको भए यो हाम्रो मातृभुमि
दासी भएर घुमिरहन्थेहोला अरुको भूमिमा घुमी-घुमी”
“शहिद हजुरहरुले देखाएको सपनाको बाटोमा सदा म हिड्न तत्पर छु
तातो-तातो गोली छातीमा थापेर भएपनि सामन्तवादको विरुद्ध लड्नेछु”
“सहिद हजुरहरुले क्रान्ति नगरेको भए हाम्रो देशमा निरंकुस ढल्दैनथ्यो होला
छाती फुलाई-फुलाई यो मातृभुमिमा म यसरी कदापि हिड्न पाउदिन थिए होला”

”शहिद हजुरहरुले आफ्नो ज्यान देशको लागी फासीमा चढाए पनि
हामी हरुको माझबाट बिदा हुनुभयो सदा अमर र वीर सपुत बनि”
“शहिद हजुरहरुले देखाएकोसिद्धान्तमा हिड्ने वाचा कसम खान्छु
मेरो प्यारो देश नेपाल जोगाउन सक्दोसम्म म प्रयास गरीरहन्छु”
जय जन्मभूमि जय मातृभुमि जय नेपाल ।।।।।


, ,