जिल्ला फुटबलको अधिवेशन सम्पन्न



अनिश तिवारी
सिन्धुपाल्चोक –जिल्लाको फुटबल संघको पा“चौ अधिवेशन चौतारा सा“गाचोकगढी नगरको सुकुटेमा रिर्सोटमा शान्तीपूर्वक सम्पन्न भएको छ ।

अध्यक्षमा न्यू सदाबहार क्लब खाडीचौरका मानकुमार श्रेष्ठ, उपाध्यक्षमा योङ स्र्पोटेस क्लब राम्चेका दिपेन्द्र श्रेष्ठ , चौतारा स्र्पोटिङ क्लबका अमृतमान श्रेष्ठ र स्र्पोटस क्लब खुुकुण्डोलका निमा शेर्पा निर्विरोध चयन  हुनुभएको छ । सचिवमा राइजिङ युवा क्लब स्वा“राका शक्ती श्रेष्ठ र कोषाध्यक्षमा जितेन्द्र भण्डारी चुनिनुभएको छ ।

सदस्यमा राइजिङ युवा क्लबका रामबहादुर कार्की ,कालिका त्रिशक्ती क्लबका सूर्य बोहोरा,लामोसाघु क्लबका श्रीप्रसाद प्रधान ,अधेरी क्लबका मिनबहादुर तामाङ,देवदोर्जे तामाङ,लिला गिरी ,अनिल लामा,वीरबहादुर खड्का र रजनी श्रेष्ठ सदस्य पदमा निर्वाचित हुनु भएको छ ।
मानार्थ उपाध्यक्षमा बलेफी क्लबका राजेश कार्की,बलदेव शिवाकोटी, सहसचिवमा अशोक पराजुली, सहकोषाध्यक्ष समीर जोशीदेखि सदस्यमा नीरज श्रेष्ठ,सिरकुमार तामाङ,रमेश थापा,रमेश गिरी,विक्रम श्रेष्ठ,रामकाजी थापा रहनुभएको छ । प्रमुख सल्लाहकारमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठ र भोटेकोसी गाउपालिका तातोपानीका वडाध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठरहनुभएको छ । कार्यक्रममा उपस्थित जनप्रतिनिधिले खेलक्षेत्रको विकास गर्न अब तीव्र रुपमा लाग्ने प्रतिबद्धता गरेका थिए । नेपाली कांग्रेसका अगुवा नेता बलदेव तिमल्सिनाले जनप्रतिनिधि र दलले एक भएर जिल्लाको खेलक्षेत्र सुधार गर्न आग्रह गर्नुभएको थियो । जिल्ला फुटबल संघतर्फबाट कार्यक्रम संयोजकमा अनिल तामाङ लाइतोकीएको छ ।

, , , ,