फरार प्रतिवादीहरु पक्राउ


जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले शान्ती सुरक्षका साथै फरार ब्यक्तहिरु पत्राउमा समेत तिब्रता दिएको छ । हामीलाइ प्राप्त पछिल्लो समचार अनुसार कर्तब्य ज्यान मुद्दामा सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतबाट १ बर्ष ११ महिना ९ दिन कैद र रु. ५०० जरिवाना फैसला भई फरार रहेका  सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ५ बस्ने बर्ष ३६ को बिल बहादुर भन्ने कृष्ण बहादुर सार्कीलाई मिति २०७४।१०।०९ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिई गएको प्रहरी अधिकृत समेतको टोलीले पक्राउ गरी जिल्ला अदालत बुझाएको र अदालतबाट कारोगार समेत चलान गरिसकेको छ भने  मानव बेचविखन तथा ओसारपसार मुद्दामा फरार रहेका प्रतिवादी  सिन्धुपाल्चोक साबिक मार्मिङ गा.बि.स. बडा नं. ४ हाल भोटेकोशी गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ३५ को टासी कामी तामाङ भन्ने पाल्देन तामाङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक तथा ईलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोकबाट खटिई गएको प्रहरी अधिकृत समेतको टोलीले मिति माघ१२ गते पक्राउ गरी प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरोलाई बुझाएको छ । त्यसै गरी जवरजस्ती करणी मुद्धाका प्रतिवादी  सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. ७ बस्ने रेशम बहादुर रोक्कालाई सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतबाट मिति २०४९साल कार्तीक २७ गते कैद सजाय फैसला भई फरार रहेकोमा निज प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिई गएको प्रहरी अधिकृत समेतको टोलीले पक्राउ गरी जिल्ला अदालत समक्ष बुझाएकोमा निजलाई सम्मानित अदालतबाट ३ बर्ष १० महिना २३ दिन कैद सजाय तोकी कारगार चलान भएको समेत जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक महोन प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ  ।

,