फेरी फरार प्रतिवादी पक्राउ

कर्तब्य ज्यान मुद्धामा वारदात पश्चात फरार रहेका मुख्य प्रतिवादी सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ६ बस्ने उरसिंह भन्ने भिम बहादुर तामाङ पक्राउ परेका छन् ।
उनलाई जिल्ला अदालत सिन्धुपाल्चोकबाट २०५१ सालमा कैद सजाय फैसला भएको र निज प्रतिवादीले फैसला बमोजिम सजाय नभोगि काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं. १ स्थित दहचोकमा लुकिछिपी बसेको अवस्थामा प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला अदालतलाई बुझाएको छ ।
दहचोकमा लुकिछिपि बसेको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिई गएको प्रहरी अधिकृत समेतको टोलीले महानगरिय प्रहरी बृत्त थानकोट काठमाण्डौको सहयोगमा २३ वर्ष पछि माघ १८ गते पक्राउ गरी जिल्ला अदालत सिन्धुपाल्चोकमा बुझाएको र निजलाई अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो ।