समाजबाटै लुकेको समाजसेवी जगदिश बैद्य

मानव जीवन लिएर जन्मिएपछि मानवताको आधारमा पनि प्रत्येक मानिसले कुनै न कुनै प्रकारबाट सेवा गरेको र सेवा गर्ने मनासयले काम गरेको भन्न नरुचाउने सायद कमै होलान् । र थोरै काम गरेर समाजमा धेरै मिडियाहरु मार्फत प्रचारप्रसार गर्ने हामी नेपालीहरुको गहना नै बनेको छ । तर नेपालमा यस्ता व्यक्ति पनि छन् धेरै समाजसेवा गरेर मिडियामा प्रचारप्रसारमा आउनुभन्दा पनि समाजसेवा गरेरै सामाजिक मानवीय व्यक्तित्वहरुको हृदयमा रहेर प्रचारात्मक बन्ने गरेका  छन् । 
 
ललितपुर जिल्ला ललितपुर महानगरपालिका १५ ताल्छिखेलका शेरबहादुर बैद्यका नाती हरिबहादुर बैद्यका छोरा जगदिश बैद्य नेपालको वरिष्ठ समाजसेवीको रुपमा परिचित हुनुहुन्छ । उहाँले गरेका धेरै सामाजिक क्रियाकलापहरु छन् । तर तिनीहरुलाई मिडियाले सार्वजनिक गरेको देखिँदैन । यस सम्बन्धमा वैद्यसँग सम्पर्क राख्दा मेरो समाजसेवा गर्ने इच्छा रहेको र धेरैजसो मिडियामा प्रचारप्रसार गरेर मात्र यसको इच्छा पूरा नहुने भएकोले प्रचारप्रसार भन्दा पनि आफू सामाजिक व्यक्तित्व नै भएर काम गर्न गर्व लाग्ने बताउनुभयो ।
ललितपुर र काठमाडौं जिल्लाका महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुको प्रमुख सल्लाहकार तथा विभिन्न संघसंस्थाहरुको संरक्षक समेत रहनुभएका बैद्यले हालसालै मात्र पनि दक्षिणकाली नगरपालिका लगायत विभिन्न गाउँपालिकाहरुमा असहाय, जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला, कुष्ठरोगीहरुलाई  नगद तथा विभिन्न किसिमका सामग्रीहरु सहयोग उपलब्ध गराउँदै आउनुभएको छ । 
२०१८ सालमा माता कृष्णकुमारी बैद्यको कोखबाट जन्मनुभएका बैद्य  २०३५ साल कात्तिक हरिवोधनी एकादशीका दिनदेखि सामाजिक सेवामा लाग्नुभएको हो । उहाँले सोही दिनबाट पशुपति क्षेत्रमा बाग्मती सरसफाई अभियानबाट सामाजिक कामको सुरुवात गर्नुभएको उहाँ निकट स्रोतले बतायो ।    बैद्यले २०७४ साल बडादशैंको उपलक्ष्यमा दक्षिणकाली नगरपालिका क्षेत्रभित्रका  नेष्ठ नागरिकहरुलाई पोशाकको व्यवस्था समेत गरेर नगरको पहिचानमा सहयोग गरेको प्रमुख प्रशासकिय कार्यकारी अधिकृत शुसिला पौडेल (ढकाल)ले बताउनुभयो ।  उहाँका अनुसार दक्षिणकाली नगरपालिकाको नगरसभा हुँदा पुरुष जेष्ठ नागरिकलाई बैद्यले पोशाक उपलब्ध गराइदिएको र जेष्ठ महिला नागरिकलाई भने नगरपालिकाबाटै व्यवस्था भएको थियो । नगरपालिकाको कार्यपालिबाट निर्णय भएर गरिएको यस कार्यक्रममा उहाँले पु¥याउनुभएको सहयोगलाई नगरपालिकाले धन्यवाद समेत व्यक्त गरेको छ ।
त्यस्तै विभिन्न क्षेत्रलाई सहयोग उपलब्ध गराउनुभएकोले उहाँजस्तो व्यक्ति नगरपालिकालाई आवश्यक छ भनि नगरपालिकाले प्रमुख सल्लाहकारको रुपमा समेत नियुक्ति गरेको छ । वि.सं. २०५० सालदेखि  हालसम्म राज्य भित्र निरन्तर रुपमा समाजसेवा गर्दै आउनुभएको बैद्यलाई दक्षिणकाली क्षेत्रभित्र बडादशैंको उपलक्ष्यमा जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला, कुष्ठरोगीहरुलाई प्रति व्यक्ति रु ४,३७० बराबरको लत्ताकपडाहरु ११८९ जना व्यक्तिहरुलाई वितरण गरी सम्मान  गर्ने कार्यक्रममा समेत सहयोग गर्नुका साथै विविध भौतिक सामग्री समेत उपलब्ध  गराई अमूल्य सहयोग गरेको स्थानीयले बताएका छन् ।
उहाँले गर्नुभएका सामाजिक कार्यप्रति नेपाल सरकारका स्थानीय स्तरदेखि उच्च स्तरसम्मको निकायले समेत सम्मान गरेको छ । यस्ता समाजसेवीहरुलाई स्थानीय क्षेत्रबाट पनि समाजसेवा गर्न उर्जा प्रवाह गर्ने खालका कार्यक्रमहरु गरेर अगाडि बढ्नका लागि सहयोग पु¥याउनुपर्ने देखिन्छ ।
यस सम्बन्धमा काठमाडौं जिल्लाका निर्वाचन क्षेत्र नं. ४ का प्रदेश नं. ३ का सांसद नरोत्तम बैद्यले जगदिशजीबाट जुन काम भइरहेको छ त्यस्ता खालको सामाजिक काम गर्ने मानिस आफूले अहिलेसम्म भेटेको छैन र उहाँले गरेका सामाजिक कामहरुका कारण आफूहरु धेरै खुसी भएको समेत बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.