शिक्षा नियमावली सम्बन्धमा आपत्ति

नेपाल शिक्षक महासंघ जिल्ला समिति सिन्धुपाल्चोकले स्थानीय तहले गरेको शिक्षा नियमावली सम्बन्धमा आपत्ति जनाएको छ । शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष धुव्रराज गिरीद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार विद्यालयको शिक्षकहरुको नियुक्ति, सरुवा र दरबन्दी मिलानसँग सम्बन्धित निर्देशनलाई नमानेर यस प्रकारको गतिविधि अगाडी बढाएकोमा महासंघले त्यसप्रति  विज्ञप्ती निकाल्दै विरोध जनाएको हो ।
महासंघद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ– नेपालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलनको उपलब्धी स्वरुप स्थानीय संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हजाराँै नेपाली जनताको सचेतना पूर्ण आन्दोलनको उपलब्धी हो । संघीय गणतन्त्र नेपाल स्थापना पश्चात यसको कार्यान्वयन स्वरुप स्थानीय प्रदेश र संघको निर्वाचन सम्पन्न भई तदनुरुपको सरकारहरु पनि बनीसकेको अवस्था हो ।
देशमा लोकतन्त्रको स्थापनाले सबै नेपालीमा हर्ष एवम् खुसी सञ्चार भएको यथार्थ हो । नेपाली जनताको सदियाँै देखि समृद्ध हुने चाहनाको परिपूर्ति गर्ने जीम्मेवारी अबको नवगठित सरकारको हो र विशेषगरी सिँहदरबारको अधिकार, गाउँ गाउँमा भनेझै स्थानीय सरकार हो भन्नुमा अतियुक्ति नहोला ।
नेपाली श्रमिकवर्गको पनि अबको सरकार समक्ष विशेष आशा र भरोषा हुनु स्वभाविक छ । नेपाली श्रमिक वर्गले अहिलेसम्म पनि आफ्नो श्रमको उचित मूल्य पाउन सकेका छैनन् । जसको कारणले गर्दा उर्जाशीलि र क्षमतावान जनशक्ति विदेश पलायन भएका छन् । खासगरी शिक्षित बेरोजगार बढेको र देशमा उनीहरुको उचित व्यवसथापन हुन नसकेको यर्थाथ हो ।
शिक्षा क्षेत्रमा क्रियाशिल जनशक्तिको उचित पारिश्रमिक, श्रम इज्जत र सेवा ग्यारेन्टि हुन नसकिरहेको हालको परिपेक्ष्यमा नव गठित स्थानीय सरकार सञ्चालकको हौसला र उत्प्रेरणा जगाउने गरी शिक्षण कार्यमा लाग्न आव्हान गर्नु पर्नेमा उल्टो अपायक सरह गर्ने, मानमर्दन हुने गरी शिक्षक पेसाबाट नै वहिर्गमन गर्ने खालका धम्की दिने, दरबन्दी मिलानको नाममा दुख दिने, विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने, स्थानीय तहले गर्ने भनी तोकिएको २३ वटा कार्य भन्दा बाहिरको परिधिमा हस्तक्षेप गर्ने, संघीय र प्रादेशीक ऐन नबन्दै स्थानीय शिक्षा ऐनको नाममा शिक्षकलाई आतङ्कित पार्ने, आस्थाको आधारमा फरक व्यवहार गर्ने, कार्यबाट विशेष गरी सिन्धुपाल्चोक जिल्लामा कार्यरत शिक्षकहरु आजित भएका छन् ।
साथै मिति २०७४÷१२÷२१ मा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागले शिक्षा ऐन २०२८ (संशोधन सहित) र शिक्षा नियमावली २०५९ (संशोधन सहित) मा आधारित रहेर शिक्षकहरुको नियुक्ति सरुवा र दरबन्दी मिलानसँग सम्बन्धित कुनै पनि कार्य अर्को आदेश नभएसम्म नगर्न, नगराउन निर्देशन भइरहेको अवस्थामा यसप्रकारका गतिविधि कति औचित्य पूर्ण हुन्छन् ? यस्तै रवैया र परिस्थिति कायमै रहने हो भने स्वच्छ दिमाखले कक्षाकोठामा शिक्षण सिकाईमा संलग्न हुन तथा नयाँ शैक्षि सत्रमा विद्यार्थी भर्ना लगायतका कार्य सम्पन्न गरी नवीन शिक्षण विधि र प्रक्रियाको खोज गरी आफ्नो कार्य क्षेत्रमा लाग्न वाधा पुग्ने देखिन्छ । आम सिन्धुपाल्चोकमा कार्यरत शिक्षक वर्गमा यहि मनोविज्ञान विकास भएको र सोहि अनुसार आ–आफ्नो पेसागत संगठन मार्फत छाता संगठन नेपाल शिक्षक महासंघको पनि ध्यानाकर्षण भएकोले त्यस प्रकारका गतिविधि नदोहो¥याउन र भएकालाई अबिलम्ब सच्याउन र स्वच्छ, शैक्षिक वातावरण सिर्जना गर्न नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोक जोडदार माग गर्दछ ।
यसप्रकारका गतिविधि कायमै रहेमा सम्पूर्ण शिक्षकका पेसागत संस्थाको सहयोगमा निकट भविष्यमा नै आन्दोलनका कार्यक्रम घोषणा गरी अघि बढ्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अपिल समेत गर्दछाँै । अन्यथा त्यसबाट शैक्षिक जगत र समाजमा पर्ने सम्पूर्ण असरको जीम्मेवारी सिन्धुपाल्चोक जिल्लाका बाह्र वटै स्थानीय तहले लिनुपर्ने व्यहोरा अवगत गराउन चाहन्छौ । विज्ञप्तिमा भनिएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, नेपाल शिक्षक संघका अध्यक्ष तुलसी प्रसाद दंगाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष नीलप्रसाद सुवेदीले र शिक्षक महासंघका अध्यक्ष धुव्रराज गिरीले संयुक्त रुपमा विज्ञप्तीमा हस्ताक्षर गर्नुभएको छ ।