शिक्षक महासंघले गर्यो सरकारको बिरोध


लोकप्रिय समचार काठमाण्डोै , पेशागत शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासंघले  धरानमा आफ्नो सदस्य संस्था अखिल  नेपाल शिक्षक सङ्गठनका  केन्द्रिय उपाध्यक्ष तथा महासंघका पुर्ब अर्थ उप महासचिब लछिराम शर्मा ढकाल, सङ्गठनका  महा सचिब रमेश रुपाखेती केन्द्रिय नेताहरु गणेश लिम्बु युबराज गौतम ,युबराज कार्की लगाएत १०जना शिक्षकहरुलाइ ४ गते सुनसरी जिल्लाको धरान उपमहानगरपालीका प्रहरीले पक्राउ  गरेको जनाएको छ ।

महासंघका अध्यक्ष बाबुराम थापाद्धारा हस्थारेक्षित बिज्ञेप्ती अनुसार नेपाल शिक्षक सङ्गठनका  जिल्ला अध्यक्ष युबराज कार्की स्नातोकतर दित्तीय बर्षको  परिक्षा दिन जाने शिलशिलामा र अन्यलाइ उपमहानगरको एक होटल रिसोर्टमा बसिरहेको बेलामा पक्राउ गरिएको हो । महासंघद्धारा जारी बिज्ञेप्तीमा उक्त घटनाको बिरोध गर्दै तत्काल रिहइ गर्न माग गरिएको छ ।  महा संघले नेपालको सीम्बधानको मौलीक हक धारा ३४ अनुसार संघ सङ्गठन खोल्ने र सभा सम्मेलन गर्न पाउँने अधिकार तथा शिक्षा हासिल गर्न पाउँने अधिकार उलघंन हुने गरि घरपकड गरी गिरफतार गर्ने कार्य सम्बिधान बिपरित भएको  ठहरको साथ सरकारको अलोकतान्त्रीक, असम्बैधानीक रबैयाको घोर भत्र्सना गर्दछौ भनीएको छ । यसै बिच एकिकृत अखिल नेपाल शिक्षक संङ्गठनका केन्द्रिय अध्यक्ष  शंङ्कर अधिकारीले  बिगतमा पनी साहानुभुती राखेकै आधारमा शिक्षकहरुलाइ  अपल माओबादी नेता  भन्दै राज्यले शिक्षकहरु माथी दमन गर्द थियो  अहीले  बर्तमान सरकारले पनी सोही अनुसार नै शिक्षक नेताहरुलाइ आश्था कै आधारमा गिरफ्तार र घर पकड गरेको प्रती  खेद प्रकट गर्दै गिरफतार गरिएको सम्पुर्ण शिक्षकहरुलाइ यथासिघ्र रिहा गर्न सरकार सँग माग गर्नु भएको छ । 

, , , , ,