एम्बुलेन्स चालकहरुलाई प्रशिक्षण


नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टरले सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्वास्थ्य कार्यालयमा रहेका एम्बुलेन्स चालक तथा सञ्चालकहरुलाई इमर्जेन्सी अवस्थामा मानिसलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा एक दिने प्रशिक्षण कार्यक्रम गरेको छ ।सामुदायक बिकाश तथा बातबरण संरक्षण मंञ्चको आयोजनामालोकप्रिय समाचार दैनिकको विषेश  संयोजनमा सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा बहुमुखी क्याम्पसमा उक्त प्रशिक्षण कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले यस्ता कार्यक्रमहरु स्थानीय नागरिकलाई अत्यावश्यक भएको बताउनुभयो । उहाँले सिन्धुपाल्चोकका ग्रामीण क्षेत्रका मानिसहरु जो अस्पतालबाट टाढा रहेका थिए उनीहरुलाई उपचार गर्न लैजाँदै गर्दा प्राथमिक उपचारको ज्ञानको कमीले बिच बाटोमा ज्यान समेत गुमाउन परिरहेको अवस्थामा मेडिसिन बालकुमारीले मानिसको ज्यान नजाओस भन्नका लागि यस्ता कार्यक्रमहरु गरेकोमा धन्यवाद दिनुभयो । उहाँले यस्ता किसिमका प्रशिक्षण कार्यक्रमहरुबाट अचानक हुने घटना परिघटनाबाट मानवीय क्षति हुनबाट बच्न सक्ने भएकोले यो प्रशिक्षण अति महत्वपूर्ण रहेको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका मेडिकल अफिसर डा. अम्बिका आचार्य, स्वास्थ्यकर्मी देवकी श्रेष्ठ, नेपाली सेना, नेपाल प्रहरी लगायतका सवारी चालकहरुको उपस्थितिमा भएको कार्यक्रममा मानव जन्मदा कसरी मानवको विकास  भयो र महिलाको पेटमा गर्भ रहँदादेखिको अवस्थालाई विकसित हुँदाको अवस्थासम्मको विषयमा प्रशिक्षण गराइएको थियो ।
नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टरका प्रवन्धक डा. रमेशकुमार महर्जनले प्रशिक्षण दिनुभएको थियो । उहाँले प्रशिक्षण दिने क्रममा अचानक रुपमा मानिसहरुलाई लाग्ने रोग र तत्काल उक्त रोगको रोकथाम तथा उपचारको लागि अपनाइने विषयमा समेत सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणमा उपस्थित एम्बुलेन्स चालकहरुलाई प्रमुख अतिथि तामाङले ड्रेस समेत वितरण गरिएको थियो । साथमा विरामीलाई आपतकालिन अवस्थामा आवश्यक पर्ने स्टेचर, औषधी तथा अन्य सामग्रीहरु समेत वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा सहभागि एम्बुलेन्स सञ्चालक एवम् चालकहरुले यस्तो कार्यक्रमले प्रारम्भिक उपचारमा सहज भएको बताएका थिए । यसरी अति आवश्यकता भित्र रहेको यो कार्यक्रम गरेकोमा धन्यवाद दिँदै कसैले पनि नगरेको काम सिन्धुपाल्चोकमा लोकप्रिय समाचारले गरेको हुँदा यस पत्रिकालाई विषेश धन्यवाद दिँदै यसको व्यवस्थापन गर्ने इमर्जेन्सी मेडिसिन सेन्टर परिवारलाई समेत धन्यवाद दिएका थिए । यसरी सामाजिक काममा अग्रसर भएर प्रशिक्षण गराउने काममा सञ्चार क्षेत्रले पनि सहयोग गरेको हुँदा यस्ता खालका सञ्चार गृहलाई सबैले सहयोग गर्नुपर्ने सहभागि एम्बुलेन्स चालकहरुले बताएका थिए ।
गत वर्ष लोकप्रिय समाचार दैनिककै आयोजनाम आफूले प्रशिक्षण लिएपछि आफ्नो एम्बुलेन्समा रहेका ७ जना भन्दा बढी विरामीलाई यहि सिकाईबाट सहज ढंगले अस्पताल पु¥याइएको एम्बुलेन्स चालक भगतबहादुर गिरीले बताउनुभयो ।
अर्का एम्बुलेन्स चालक सन्तोष खत्रीले स्वास्थ्य क्षेत्रमा धेरै कार्यक्रमहरु गरेपनि लोकप्रिय समाचारले जस्तो इमर्जेन्सी समयमा तत्काल सबैको आवश्यकता भित्र रहने एम्बुलेन्स चालकलाई प्रशिक्षण दिएकोमा लोकप्रिय समाचारलाई धन्यवाद समेत दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, सेना, प्रहरी लगायतले एम्बुलेन्स चालकहरुका साथमै प्रशिक्षण लिनुभएको थियो ।













,