सामुदायक बिद्यालयले अभिभाबकको कुरा सुनेन

सरकारले सबै शिक्षक तथा कर्मचारहिरुका आफ्ना बालबालीकाहरुलाई अनीबार्यरुपमा  सामुदायक बिद्यालयमा भर्ना गर्न पर्ने र सामुदायक बिद्यालयमा नै पढाउँन पर्ने  भन्दै प्रधान मन्त्री देखी लिएर सरकारमा रहेका उच्च ब्यक्तीहरु , स्थानीय जनप्रतिनिधीहरुले गाँउमा गाँउमा सामुदायक बिद्यालयमा बिद्यार्थी भर्ना गरिरहेका छन भने अर्को तर्फ निजी बिद्यालयमा पनी भर्ना गर्ने क्रम बढ्दै गइरहेको छ । 

चौतारा स्थित एकता बोर्डीङ्ग हाइस्कुलमा  भर्ना हुने र गराउँने हरुको भिड जस्तै लागेको छ । सामुदायक बिद्यालयमा मन्त्री तथा भिआइपीहरुले अरुको बालबालीकाहरुलाइ भर्ना अभियानमा सहयोग गरेर सरकारले भर्ना अभियान चलाइरहँदा  निजी बिद्यालयमा एकता बोर्डीङ्गमा  बिद्यार्थी भर्ना गर्न आउँनु भएका केही अभिभाबकहरुको भनाइ भने सरकारी बिद्यालयमा भन्दा निजी बिद्यालयमा  आफ्ना बालबालीकालाइ अध्ययन गराउँदा उपलब्धी भएकाले यसरी  निजी बिद्यालयमा पढाउँन परेको बताएका छन ।
चौतारा सँगाचोक गढी नगरपालीका १३ (जो चौतारा बाट करिब १५किलोमिटर दुरीमा पर्छ )साबीक ठुलो सिरुवारी गाबसि बाट मात्रै करिब १५जना भन्दा बढी बिद्यार्थी उक्त स्कुलमा भर्ना भएका छन । बिद्यार्थी भना गर्न आएका अभिभाबक  शुशिला राना मगरले आफुलाइ रहर लागेर सिरुवारी देखी चौतारा सम्म बच्चा पठाएको होइन यँहा पढाइ राम्रो हुने भएका ले पैसा तिर तिरी बच्चा ल्याएको बताउँदै आफुले सरकारी स्कुल र निजी स्कुलको पढाइ हेरेर यँहा ल्याएको बताउँनु भयो ।
ठुलो सिरुवारीकै  लोक बहादुर बिकले स्थानीय सेतीदेबी माबीमा कक्षा ५ सम्म पढेको र कक्षमा पहिलो भएको बच्चालाइ पनी सरकारी स्कुल बाट झिकेर निजी स्कुलमा भर्ना गर्न परेको बताउँदै सरकारी स्कुलले अभिभाबकका कुरा सुन्दै सून्दैनन बच्चाको पढाइ, उनीहरुको स्वास्थ्य, बच्चाका सिकाइका बारेमा समेत अभिभाबकलाइ  जानकारी गराउँन सरकारी स्कुलले आनकानी गर्छ तर निजी स्कुलले बच्चाहरुको आनीबानी तथा सिकाइका बिषयमा अभिभाबकलाइ जानकारी गराउँछ भन्नुहँदै आफुले आफनो बच्चा पढेको स्कुलमा कम्प्युटर मर्मत गरेर सिकाइको ब्यबस्था मिलाउँन अनुरोध गर्दा समेत सुनुवाइ नभएको ले सरकारी स्कुलबाट बच्चालाइ निजी स्कुलमा भर्ना गरेको बताउँनु भयो ।
अर्को अभिभाबक दन्त कुमारी थापाले पनी सरकारी बिद्यालय भन्दा निजी बिद्यालयमा आफुलाइ  पढाइको बिश्वास लागेको बताउँनु भयो ।
चौेतारा सँगाचोक गढी वडा नं ७ कल्लेरीका सानो सिरुवारीको अम्बीका दङ्गालले  आफुले आफ्नो छोरी र बहिनीको छोरीलाइ निजी बिद्यालयमा  भर्ना गराएर सिक्षा सिकाइमा  लगाउँनुको कारण बताउँदै सरकारी बिद्यालयमा  आफनै पाराले पढाउँछन त्यँहाका बिद्यार्थीहरुलाइ पढाउँन शिक्षकहरुले पनी धरै चासो दिदैनन
तर निजी बिद्यालयमा सिक्षक शिक्षीकाहरुले बिद्यालयमा आइ सके पछी अभिभाबकत्वको भुमिका निर्बाह गर्छन अनी बालबालीकाो पढाइ र सिकाइमा सरकारी भन्दा अली गुणस्तयिता हुने हुँदा आफुले निजी बिद्यालयमा नै बालबालीका पढाउँनका लागी भर्ना गरेको बताउँनु भयो ।  उँहाले स्थानीय सरकारले अबका दिनहरुमा सरकारी बिद्यालयका शिक्षक शिक्षीकाहरलाइ  पनी निजी बिद्यालयका जस्तै ब्यबहार गरेर बालबालीकालाइ गुणस्तरिय शिक्षा दिलाउँनका लागी पहल गर्न पर्ने बताउँदै निजी बिद्यालय सँग शैक्षिक प्रतिस्पर्धा गर्न पर्ने बताउँनु भयो कल्लेरीकै अर्का अभिभाबक सुमित्रा बिकले  जती भने पनी निजी स्कुलले पढाएको बच्चा र सरकारी स्कुलमा पढाएको बच्चामा सैक्षिक अबस्थामा फरक हुने भएकाले आफुले निजीमा नै पढाउँन लागेको बताउँनु भयो ।
स्थानीय  सरकारले सामुदायक बिद्यालयमा भर्नाका लागी बिषेस कार्यक्रम ल्याउँदै गर्द निजी बिद्यालयमा
बढ्दै गएको आकर्शषणका कारण सरकारी बिद्यालयमा शैक्षिक सुधारको ब्यापक खाँचो रहेको स्पस्ट भएको छ ।  बिगतका दिनहरुमा स्थिर सरकार नभएको कारण  स्थाइबिकाशका कार्यक्रम सञ्चालनमा  केही बधा भएको भउता पनी अबको दिनमा जनप्रतिनिधी सहितको स्थानीय सरकारको गठन भइ सकेको  र स्थानीय सरकारले शिक्षा तथा बिकाशका नितीहरु समयनुसार  स्थानीय स्तरमा कार्यनवयन गर्न सकिने गरि निती निर्देशिकाहरु समेत निर्माण गरि लागु गरिने र स्थाइ सरकार भएकाले पनी नियममा कडाइ हुने भएकाले अब सामुदायक बिद्यालयमा पनी निजी बिद्यालयका भन्दा राम्रा र गुणस्तरिय शिक्षा दिएर शिक्षाको बिकाश गर्नका लागी सबे लागी पर्न पर्ने सरोकारवालाहरुले बताएका छन 

,