चोरी गर्ने प्रहरीको फन्दामा परे जेल चलान


दिन दहाडै  लुट्ने लुटेराहरुलाइ प्रहरीले पक्राउ गरेर कानुनी कार्बाही गरेको छ ।  जिल्लाका सदरमुकाम चौतारामा दिउँसै डकोती गर्ने  बिनोद थापा लगाएतलाइ प्रहरीले  चोरी को आरोपमा मुद्धा गरी कार्बाही गरेको हो घटना बिबरण अनुसार मोतिहारी जिल्ला पूर्वीचम्पार्ण घर भई विगत ५ वर्षदेखि चौतारा सदरमुकाममा बसोबास गरी बरफ विक्री गर्ने व्यवसाय गरी आइरहेको पप्पु यादव चैत्र१८ गते विहान ११ बजे बरफ विक्री गर्दै र्चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थित नारायणथान मन्दिरको जंगल एकान्त बाटोमा पुग्दा सिन्धुपाल्चोक  साविक ठूलोसिरुवारी  ६ हाल परिवर्तित  चौतारा साँगाचोकगढी नपा १३ बस्ने हरिबहादुर थापाको छोरा वर्ष २३ को विनोद थापा र ऐ बस्ने  अम्बरबहादुर थापाको छोरा वर्ष १८ को नवराज थापाले बरफ किन्ने बहाना गरी निज पप्पु यादवलाई रोकी बरफ माग्दा बक्सबाट बरफ निकाल्न लाग्दा थापाहरुले कुटपिट गरी निजको साथमा भएको नगद रु १०१८० र मोवाइल थान १ लुटपाट गरी भागेका र  पप्पु यादवले निज प्रतिवादीहरुको विरुद्धमा रहजनी मुद्धा दिएकोमा  प्रहरीले निजहरुलाई लुटिएको उक्त रकम र मोवाइल सहित पक्राउ गरी रहजनी चोरी मुद्धा दर्ता गराएको र  सम्पूर्ण अनुसन्धान कार्य सम्पन्न गरी ०७५बैशाख ५ गते जिल्ला सरकारी वकिल कार्यालय सिपा मार्फत सिन्धुपाल्चोक जिल्ला  अदालतमा मुद्धा दायर गरि निज प्रतिवादीहरुलाई जनहि  २ महिना कैद र ३६,३६० जरिवाना र जरिवाना वापत कैद हुने गरी  फैसला भई कारागार कार्यालय सिपामा थुनामा राखीएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ  । यसै बिच सार्की भन्ने  भीमबहादुर दोङ समेत ७जनालाइ   पुर्ब पक्षको लागी जेल चलान गरिएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार २०७४चैत्र५ गते बेलुका २१ः३० बजे सिन्धुपाल्चोक साविक गाविस गोल्चे वडा नं. ९ हाल जुगल गाउँपालिका २ बस्ने विकमाया स्याङ्वोको श्रीमान मिनबहादुर दोङलाई सोही ठाउँ बस्ने  वर्ष ३० को सार्की भन्ने  भीमबहादुर दोङ समेत ७ जना भई कुटपिट  गरी कर्तव्य  गरी मारी भिरबाट फालीदिएको भनि बिकमाया  स्याङवोले दिएको जाहेरी दरखास्तको आधारमा घटनामा संलग्न रहेको सोही ठाउँ बस्ने सार्की भन्ने भीमबहादुर दोङ, नेसाङ दोङ र ङेमाछिरिङ दोङ प्रहरीले पक्राउ गरी अनुसन्धानको क्रममा मृतक मिनबहादुर दोङलाई कर्तव्य गरी मार्नमा निजकै छिमेकी वर्ष २८ को  नेसाङ दोङ वर्ष ३० को सार्की भन्ने भिमबहादुर दोङ, वर्ष २३ को भिमदास दोङ, वर्ष  २६ को जुनबहादुर दोङ, वर्ष २२ को अमृत दोङ भन्ने सुमन दोङ, वर्ष ३१ को रोशन भन्ने धनबहादुर दोङको संलग्नता रहेको पाइएकोले प्रहरीले कार्बाहीको लागी मुद्धा चलाएको हो  । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार गाउँमा निर्माण कार्यको लागि विभिन्न दातृ संस्थाहरुबाट आएको विकास रकम प्रतिवादीहरुले आफ्नो घरपरिवारका मानिसहरुलाई उपभोक्ता समितिमा राखी कमसल काम गरी रकम हिनामिना गरेको हुँदा  मृतकले त्यसको विरोध गरेको कारण  यो घटना घटेको हो । घटना हुनुभन्दा २ हप्ता अगाडि देखि नै निजको ज्यान मार्ने योजना बनाएका अनुसान्धानमा खुल्न आएको  पूर्व योजना बमोजिम चैत १८ गते बेलुका ६ बजेको समयमा  ङेमा  छिरिङ दोङको पसलमा ल्याई हाइड्रोपावर सम्बन्धी मिटिङ छ भनि बहाना गरी बोलाई बसी विभिन्न विषयमा कुरा गर्दै मृतक मानबहादुरलाइ  अल्मलाएका र  सुनसान भएपछि करिब राती९ः३०ङेमा छिरिङ दोङको पसलबाट करिब जबरजस्ती तानी निजको पसल मुनीको सडकमा लगी टाउकोमा ढुङ्गा प्रहार गरेका र भुईमा लडेपछि हातमुक्का समेतले प्रहार गरी भीरबाट फाली कर्तव्य गरी मारेको  अभियोगमा प्रतिबादीलाइ सोही अनुसार  परपक्षका लागी  र सो घटनाको योजना बनाएको कुरा पसले ङेमा छिरिङलाई थाहा भएको हुँदा पनि कसैलाई नभनि सूचना लुकाई बसेको भनि खुल्न आएकोले उक्त मृतकको सम्पूर्ण अनुसन्धान कार्य पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालय सिपा मार्फत सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्धा पेश गरिएकोमा अदालतको आदेशले पक्राउ परेका मध्ये पसले ङेमा छिरिङलाई रु ८००० धरौटी लिई छाडेको छ भने नेसाङ दोङ र सार्की भन्ने भीमबहादुर दोङ पूर्पक्षका लागि थुनामा पठाएको तथा फरार प्रतिवादीहरुको हकमा वारेन्ट पूर्जी जारी भएको जिल्ला प्रहरी कार्यलय ले जनाएको छ  । 
 

,