राष्ट्रपतिबाट भीमटारमा नयाँ घर हस्तान्तरण

एसओएस वालग्राम अन्तर्राष्ट्रियको सहयोगमा एसओएस वालग्राम नेपालले २०७२ बैशाख १२ र २९ गतेका भूकम्पबाट घर क्षति भएका भूकम्प पीडितका लागि सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं १२ स्थित भिमटारमा १ सय ७७ वटा नयाँ घर बनाइदिएको छ । साथै सामुदायिक भवन समेत बनाइदिएको छ । ती घर बनाउनुुअघि वालग्रामले सम्वन्धित घरधनीलाई सहभागी गराई डकर्मी तालीम समेत दिएको थियो । घरवार नभएका वालवालिकाको संरक्षण र शिक्षादिक्षामा कठिनाई हुने भएकोले वालग्रामले नयाँ घर बनाइदिएको हो ।

सिन्धुपाल्चोकको भिमटारमा बनाइएका १ सय७७ वटा नयाँघर, भीमेश्वरी माविको भवन र सामुदायिक भवन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट एक विशेष समारोहका वीच हस्तान्तरण गरिएको छ ।
नयाँ घर हस्तान्तरण गर्दै राष्ट्रपति भण्डारीले सिन्धुपाल्चोक जिल्लालाई भूकम्पले नराम्ररी प्रभावित पारेको हुँदा जनप्रतिनिधि दत्तचित्त भएर विकासे काममा लाग्नुपर्ने धारणा राख्दै विकासको अपार सम्भावना बोकेको सिन्धुपाल्चोकलाई समृद्ध मानव वस्ती विकासमा लाग्न सुझाव दिनुभयो ।
एसओएस चिल्ड्रेन भिलेज नेपालले भूकम्प पछि इन्द्रावती गाउँपालिका – १२ भीमटारका विपन्न माझी, दनुवार समुदायलाई १ सय ७७ भूकम्प प्रतिरोधी पक्की घर, एक सामुदायिक भवन र सोही वडाको भिमेश्वरी माध्यमिक विद्यालयको भवन निर्माण गरिदिएको थियो । उक्त नवनिर्मित घर र भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विपन्नलाई गरेको सहयोग प्रति एसओएसलाई धन्यवाद व्यक्त गर्नुभयो ।
भूकम्प लगत्तै एसओएस वालग्राम नेपालले ‘आकस्मिक सहायता कार्यक्रम’मार्फत भूकम्प प्रभावित १२ जिल्लामा भूकम्प गए लगत्तैदेखि पीडित वालवालिकाको उद्धार, राहत, खाद्य सामाग्री र औषधि वितरणका साथै उनीहरुलाई अस्थायी आवासको समेत व्यवस्था गरेको थियो । साथै साना वालवालिकाको लागि दिवा शिशु स्याहार केन्द्र पनि सञ्चालन गरिएको थियो ।
यसको अतिरिक्त अभिभावक गुमाएका वालवालिकालाई विभिन्न ९ वटा एसओएस वालग्रामका घरमा स्थायी संरक्षण गरिएको थियो । अभिभावक गुमाउन सक्ने जोखिममा रहेका वालवालिकाको हकमाभने उनीहरुलाई तीवालग्राममा अस्थायी संरक्षणमा राखेर, पछि उनीहरुकै घरमा पुर्नस्थापना गरेको थियो ।
भूकम्प प्रभावित जिल्लाका महिलाहरुको आयआर्जन वृद्धि गरि जीविकोपार्जनमा सघाउ पु¥याउन साना तथा मझौला व्यवसाय, गाइवस्तु पालन लगायतको लागि आर्थिक सहयोग गरेको थियो ।
वालग्रामको ‘आकस्मिक सहायता कार्यक्रम’बाट तीन वर्षको अवधिमा वालवालिका तथा उनीहरुका अभिभावक गरी २८ हजार ३ सय ७७ जना लाभान्वित भइसकेका छन् ।

,