सिन्धुपाल्चोकलाइ खानेपानी समस्यामुक्त बनाइने


 नेत्र बहादुर बस्नेत बैशाख १४गते

सिन्धुपाल्चोक जिल्लालाइ  खानेपानी युक्त समस्या मुक्त गर्नका लागी कसरी अगाडी बढ्न सकिन्छ भनेर सरोकारवालारु बिच जिल्ला  समन्वय समितीले छलफल चलाइ रहेको छ । जिल्लामा खाने पानी लगाएत स्थानीय स्तरमा  गर्न पर्ने बिकाश निर्माणका कामहरुका लागी  जिल्ला समन्वय समितीले बिभिनन सरोकारवालाहरु संग छलफल गर्ने क्रममा बैशाख १४ गते  काठमाण्डौमा जिल्लामा कार्यरत रहेका र कार्यक्रम सम्पन्न गरेर गएका आइएनजीओका प्रमुख जिल्ला सम्वन्वय समितीका पदाधिकारी माननीय मन्त्रीज्युतथा माननीय साँसद एबम नगर तथा गाउँ पािलीकाका प्रमुख हरु बिच एक दिने उच्च स्तरिय अन्तरक्रिया भएको छ ।

काठमाण्डौमा भएको अन्तरक्रियामा कानुन न्याय तथा संसदीय मामीला मन्त्री शेरबहादुर तामाङ्गm  पुर्ब मन्त्री तथा माननीय साँसद अग्नी प्रसाद सापकोटा प्रदेशका पर्यटन मन्त्री माननिय अरुण नेपाल जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका डिभिजन प्रमुख लक्ष्मी प्रसाद उपाध्यय जिल्लामा रहेका ३ नगरपालीकाका नगर प्रमुख हरु र ९ गाउँपालीकाका प्रमुखहरुको समेत उपस्थितीमा भएको उच्च स्तरिय छलफल बैठकमा वोल्र्ड भिजन, शेभ द चिल्ड्र्ेन,कारीदाश, युएनडिपी आक्स्फर्म लागएत दर्जन भन्दा बढी आइएनजिओका नेपाल स्थित प्रमुखहरुको समेत  उपस्थित रहेको थियो । जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गको अध्यक्षतामा भएको उक्त छलफलमा  जिल्लालाइ खानेपानी समस्या मुक्त जिल्ला बनाउँनका लागी  आबश्यक सहयोग उपलब्ध गराउँन आइएनजिओ हरुलाइ आग्रह गरिएको थियो ।
आइएनजिओहरुले तत्काल भुकमप गएपछी  केही समयका लागी जिल्लामा कार्यरत रहेर फर्केको भएता पनी  जिल्लाले आबस्यक योजना निर्माण गरेर खानेपानीका लागी सहयोग माग भएको खण्डमा योजनका आधारमा सहयोग गर्न तत्पर रहेको आइएनजिओहरुको भनाइ रहेको जिल्ला सम्मन्वय समितीका सदस्य सकुन्तला माझीले बताउँनु भयो


, , , , , ,